भीरकोटमा डेंगु सापुको जनचेतना कार्यक्रम

वालिङ,२८भदौ- भीरकोट नगरपालिकामा डेंगु र सापु संक्रमण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भीरकोट नगरपालिका स्वास्थ्य कार्यालयद्वारा आयोजित कार्यक्रममा डेंगु तथा सापु संक्रमणको अवस्था, रोकथाम, उपचार र नियन्त्रणका विषयमा सरोकारवालाहरुसंग अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले यस्ता मौसमजन्य संक्रमणबाट बच्नका लागि सतर्क हुनुपर्ने बताउनुभयो ।

अधिकांस रोगहरु दुषित खानपान, दुषित हावापानी, व्यक्तिगत सरसफाईमा ध्यान नदिँदा हुने भएकाले यसप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो । यस्ता प्रकारका संक्रमणको समयमै रोकथाम गरी महामारीजन्य अवस्थाबाट बच्न आम नागरिकको पनि साथ र सहयोग रहनुपर्ने नगरप्रमुख कर्माचार्यको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाले लामछुट्टेका लार्भा खोज र नष्ट गर अभियानलाई अगाडि बढाउने, नागरिकलाई सचेत पार्नका लागि आवश्यक जनचेतनामुलक कार्यक्रमहरु गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले बताउनुभयो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal