वालिङ नगरपालिका १२ द्वारा घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

वालिङ,६ भदाै- वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालयले स्थानीय वासिन्दाकाे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ताकाे नविकरण गरेकाे छ। वर्षातकाे माैसम भएकाेले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई समस्या नहाेस भनेर वाडाकाे सबै टाेलमा पुगेर नविकरण कार्य गरेकाे वडा कार्यालयले जनाएकाे छ। वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारीकाे बैठक बसेर सामाजिक सुरक्षा भत्ताकाे नविकरणकाे लागि गाउँ टाेलमै जाने निर्णय भएकाेले साेहि अनुसार जनप्रतिनिधि र कर्मचारीहरुले घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण कार्य गरिएकाे वडा सचिव पदम प्रसाद पराजुलीले जानकारी दिनुभयाे। १२ नमबर वडा भित्र ६७५ काे हराहारीमा लाभग्राहीकाे संख्यामा रहेकाेमा ५५० जना लाभग्राहीको नविकरण गरिसकिएकाे वडा सचिव पराजुलीले बताउनुभयाे। जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्त नागरिकहरुलाई वडा कार्यालयमा आउन समस्या हने भएकाेले घरमै पुगेर नविकरण कार्य गरिएकाे वडा कार्यालयले जनाएकाे छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको सामाजिक सुरक्षा भत्ता वितरण ऐन अनुसार प्रत्येक आर्थिक वर्षको साउ १ गते देखि भदाै मसान्त सम्म नविकरण गर्ने व्यवस्था छ । यसरी घरमै पुगेर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नविकरण गरिदिएपछि लाभग्राहीहरु खुसि भएकाछन्।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार