उत्पादन साथमा अनुदान हातमाः प्रदेशसभा सदस्य तिवारी


वालिङ,१८ साउन- गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले गण्डकी प्रदेशले अब उत्पादन साथमा अनुदान हातमा भन्ने नारालाई कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । वास्तविक कृषकले अनुदान पाउनको लागिी प्रदेशले यस्तो नीति लिएर अगाडि बढेको भन्दै झोलामा फर्म लिएर हिड्ने नक्कली कृषकलाई सरकारले प्राथामिकता नदिने बताउनुभएको हो ।
बुधबार वालिङमा एमजी नर्सरी फर्मको उद्घाटन गर्दै प्रदेशसभा सदस्य तिवारीले यस्तो बताउनुभएको हो । पेशा व्यवसायमा धैर्यता आवश्यक रहने भन्दै स्थापना भन्दा निरन्तरता पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो ।
वालिङमै ठुलो नर्सरीको स्थापना गरीनु यहाँका नागरिकको लागिी खुसीको कुरा भएकाले फलफुलका विरुवा, फुलका माला दुबोको मालालगायत यहाँका स्थानीयको आवश्यकताको आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउन नर्सरी संचालकलाई उहाँको सुझाव थियो । फुलको मालालगायत फुलजन्य वस्तुमा यहाँको पैसा धेरै विदेशीने अवस्था रहेको भन्दै नेपालको पुँजी नेपालमै राख्न सकियो भने देशको अर्थतन्त्र बलियो बन्ने तिवारीको भनाई छ ।
वालिङ ८ केदारनाथ मार्ग स्थित ४.२ आनामा रहेको नर्सरी फर्मले छिट्टै फुलखेती गरी जिल्लामा वर्षभरिनै फुल तथा फुलको माला पुर्‍याउने नर्सरी संचालक गौरी अधिकारी न्यौपानेले बताउनुभयो । गौरी सहित, सुशिला भट्टराई, मोहनीलाल रिजाल गरी तीज जनाले सामुहिक रुपमा नर्सरीको शुरुवात गर्नुभएको हो ।

ताजा

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal