उत्पादन साथमा अनुदान हातमाः प्रदेशसभा सदस्य तिवारी

वालिङ,१८ साउन- गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले गण्डकी प्रदेशले अब उत्पादन साथमा अनुदान हातमा भन्ने नारालाई कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । वास्तविक कृषकले अनुदान पाउनको लागिी प्रदेशले यस्तो नीति लिएर अगाडि बढेको भन्दै झोलामा फर्म लिएर हिड्ने नक्कली कृषकलाई सरकारले प्राथामिकता नदिने बताउनुभएको हो ।
बुधबार वालिङमा एमजी नर्सरी फर्मको उद्घाटन गर्दै प्रदेशसभा सदस्य तिवारीले यस्तो बताउनुभएको हो । पेशा व्यवसायमा धैर्यता आवश्यक रहने भन्दै स्थापना भन्दा निरन्तरता पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो ।
वालिङमै ठुलो नर्सरीको स्थापना गरीनु यहाँका नागरिकको लागिी खुसीको कुरा भएकाले फलफुलका विरुवा, फुलका माला दुबोको मालालगायत यहाँका स्थानीयको आवश्यकताको आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउन नर्सरी संचालकलाई उहाँको सुझाव थियो । फुलको मालालगायत फुलजन्य वस्तुमा यहाँको पैसा धेरै विदेशीने अवस्था रहेको भन्दै नेपालको पुँजी नेपालमै राख्न सकियो भने देशको अर्थतन्त्र बलियो बन्ने तिवारीको भनाई छ ।
वालिङ ८ केदारनाथ मार्ग स्थित ४.२ आनामा रहेको नर्सरी फर्मले छिट्टै फुलखेती गरी जिल्लामा वर्षभरिनै फुल तथा फुलको माला पुर्याउने नर्सरी संचालक गौरी अधिकारी न्यौपानेले बताउनुभयो । गौरी सहित, सुशिला भट्टराई, मोहनीलाल रिजाल गरी तीज जनाले सामुहिक रुपमा नर्सरीको शुरुवात गर्नुभएको हो ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार