आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा वालिङ बजारको सरसफाई
वालिङ,५साउन- वालिङ नगरपालिका १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयले सरसफाई कार्यक्रम गरेको छ । शिक्षालयले वालिङको भकुण्डे देखि वालिङ मोड हुदै तल्लो वालिङ, भुम्रे, ठोडोलाईन लगायतका बजारको मुख्य भागको सरसफाई गरिएको आँधिखोला बहुप्राविधिक शिक्षालयले जनाएको छ ।
भकुण्डे चोक देखि शिक्षालयको व्यानरसहित शिक्षालयका विद्यार्थी प्रशिक्षक एवं कर्मचारी सुरक्षा कर्मी सहितको सहभागितामा बजार क्षेत्रको सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा वडा प्रहरी कार्यालय र ट्राफिक कार्यालय वालिङले सहजिकरण गरेको थियो । कार्यक्रमका सहभागीहरुले सडक छेउछाउ तथा बजार अगाडि फालिएका फोहर टिपेर बोरामा जम्मा गरेकाथिए । जम्मा पारिएका फोहरलाई कुहिने र नकुहिने छुट्ट्याई नगरपालिकाको फोहर व्यवस्थापनको गाडीमा पठाइएको छ ।
बजार तथा टोल छिमेकमा हुने फोहरले वातावरण प्रदुषित हुनुका साथै गर्मीको समयमा विभिन्न रोग फैलिनुका साथै बजारको सौन्दर्यतामा पनि ह्रास आउनेभएकोले सरसफाई सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको आँधिखाला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडेलले जानकारी दिनुभयो ।
शिक्षालयले हरियालीसँगै स्वच्छ वातावणमा टेवा पुर्याउने योजना अनुसार केही दिन पहिले शिक्षालय परिसरमा विभिन्न प्रजातिका २ सय ५० बिरुवा समेत रोपेको थियो ।

आँधिखोला बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ र आइटी ईन्जिनियरिङमा असार २९ देखि फारम खुल्ला गरिएको छ । दुवै विषयमा ४८/४८ सीटका लागि साउन १२ गतेसम्म फारम भर्न सकिने र २४ गते प्रवेश परीक्षा हुने शिक्षालयले जनाएको छ ।
आँधिखोला बहुप्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा अध्ययनको लागि वालिङ नगरपालिकाले प्रत्येक वडाबाट आर्थिक अवस्था कमजोर भएका २/२ जनालाई विद्यार्थीलाई निशुल्क अध्ययनको लागि छात्रवृत्ती समेत उपलब्ध गराउदै आएको छ ।

ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















