स्याङ्जाबाट गत आर्थिक वर्षमा १४ हजार ७ सय ८१ राहदानी वितरण, सदरमुकाममा भन्दा वालिङबाट धेरै


गोपाल जिटी
वालिङ,५साउन- जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट गत आर्थिक वर्ष १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा कूल १५ हजार ६ सय ८७ वटा सिफारिस गरिएकोमा १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । यसमध्ये द्रुत सिफारिसमा २ सय ४३ भएकाहुन् ।
कूल सिफारिस मध्ये इलाका प्रशासन कार्यालय वालिङबाट मात्र ९ हजार ६ सय ९७ रहेकाछन् । जिल्ला प्रशासन कार्यालयमा ५ हजार ९ सय ९० को सिफारिस हुँदा इलाका प्रशासन कार्यालय वालिङबाट ३ हजार ७ सय ७ बढि सिफारिस भएका हुन् ।

यसैगरी ८ हजार ८ सय ६२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका छन् । यसका साथै ८ हजार ९ सय ७९ वटा प्रतिलिपी तथा शंसोधित नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । १० जनाले भने वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । नागरिकता प्रमाणपत्र पनि इलाका प्रशासन कार्यालय वालिङबाट नै धेरै वितरण भएका छन् । कूल १७ हजार ८ सय ५१ नागरिकता वितरण गरिएकामा १० हजार १ सय ५३ वटा वालिङबाट भएकाहुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्रको लागि करिव ४ हजार जनाको फोटो खिचिएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट १२ हजार ५ सय १० जनाले फोटो खिचाएका छन् । यसरी जिल्ला भरिबाट गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि साडे १६ हजारभन्दा धेरैको फोटो खिचिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal