स्याङ्जाबाट गत आर्थिक वर्षमा १४ हजार ७ सय ८१ राहदानी वितरण, सदरमुकाममा भन्दा वालिङबाट धेरै


गोपाल जिटी
वालिङ,५साउन- जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट गत आर्थिक वर्ष १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा कूल १५ हजार ६ सय ८७ वटा सिफारिस गरिएकोमा १४ हजार ७ सय ८१ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । यसमध्ये द्रुत सिफारिसमा २ सय ४३ भएकाहुन् ।
कूल सिफारिस मध्ये इलाका प्रशासन कार्यालय वालिङबाट मात्र ९ हजार ६ सय ९७ रहेकाछन् । जिल्ला प्रशासन कार्यालयमा ५ हजार ९ सय ९० को सिफारिस हुँदा इलाका प्रशासन कार्यालय वालिङबाट ३ हजार ७ सय ७ बढि सिफारिस भएका हुन् ।

यसैगरी ८ हजार ८ सय ६२ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका छन् । यसका साथै ८ हजार ९ सय ७९ वटा प्रतिलिपी तथा शंसोधित नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । १० जनाले भने वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । नागरिकता प्रमाणपत्र पनि इलाका प्रशासन कार्यालय वालिङबाट नै धेरै वितरण भएका छन् । कूल १७ हजार ८ सय ५१ नागरिकता वितरण गरिएकामा १० हजार १ सय ५३ वटा वालिङबाट भएकाहुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्रको लागि करिव ४ हजार जनाको फोटो खिचिएको छ भने इलाका प्रशासन कार्यालय वालिङबाट १२ हजार ५ सय १० जनाले फोटो खिचाएका छन् । यसरी जिल्ला भरिबाट गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि साडे १६ हजारभन्दा धेरैको फोटो खिचिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal