वालिङ १२ मा विद्यार्थीलाई ठेउलाको संक्रमण

वालिङ,२५ जेठ- वालिङ नगरपालिका १२ सिर्सेकोट कोखेमा विद्यार्थीलाई ठेउलाको संक्रमण देखिएको छ । विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वोरो आउने समस्या देखिएको थियो । विगत ५/६ दिनदेखि विद्यार्थी तथा समुदायका व्यक्तिलाई समेत गरी धेरै संख्यामा संक्रमण देखिएपछि जनस्वाथ्य कार्यालय, गह्रौ अस्पताल वालिङका स्वास्थ्यकर्मीकोे टोलीले परिक्षण गरी औषधी प्रदान गरेका थिए । शुरुमा एकदुई जना हुँदै विद्यालयका २० जना विद्यार्थीलाई समेत संक्रमण देखिएको हो ।

धेरै संख्यामा एकैपटक विद्यार्थी र समुदायका अन्यमा समेत संक्रमण देखिएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधिहरु समेत सिर्सेकोट पुगेका थिए । उक्त टोलीले संक्रमणको नमुना परिक्षणका लागि स्वाब तथा रगत संकलन गरी लगेका छन् । लक्षण अनुसार ठेउला भएको प्रारम्भिक चरणले देखाएपनि धेरै संख्यामा देखिएकाले नमुना परिक्षणका लागि काठमाडौ लगिँदैछ । रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको वालिङ नगरपालिका स्वास्थ्य साखाप्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । विद्यालय शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार