गह्रौ अस्पताल वालिङमा शल्यक्रिया द्वारा प्रसुती सेवा सुरु- नगरप्रमुखको पहिलो स्वास्थ्य प्रतिवद्धता पुरा
मणि प्रसाद अर्याल
वालिङ,१६जेठ- गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबारदेखि अत्यावश्यक प्रसुती शल्यक्रिया सेवाको सुरुभएको छ ।
आज पहिलो पटक ३२ वर्षीया महिलाले दिउसो ३ बजे शल्यक्रिया मार्फत बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ ।
वालिङ नगरपालिका ६ निवासी महिलाले शल्यक्रिया मार्फत बच्चालाई जन्म दिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकाले जानकारी दिनुभएको थियो ।
डाक्टर ढकालले अस्पतालमा शल्यक्रिया मार्फत प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलाहरुलाई सहजन हुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । अस्पतालबाट प्रदान गरिने सेवाहरुलाई थप सुविधायुक्त बनाउँदै लगिने योजना रहेको समेत उहाँले बताउनुभयो ।

विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त स्वास्थ्यकर्मीको टोलिले शल्यक्रिया गरेको थियो ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दै वालिङ नगरपालिकामा महिलाहरुलाई प्रसुती सम्बन्धि शल्यक्रियाको लागि जिल्ला बाहिर पाल्पा, पोखरा लगायतका अस्पतालमा जानुपर्ने बाध्यता रहेको र आफ्नो कार्यकालमा वालिङमा रहेको गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गर्नुभएको थियो ।

नगरप्रमुख खाँणले पहिलोपटक गह्रौ प्राथमिक अस्पतालबाट प्रसुती सम्बन्धि शल्यक्रिया सेवा सञ्चालनमा आएसँगै आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएको भन्दै खुसी व्याक्त गर्नुभयो ।
सवै मिलेर काम गरेको अवस्थामा असहज काम पनि सहज रुपमा गर्न सकिने नगर प्रमुख खाँणको भनाइ थियो । मंगलबारदेखि अन्य थप अत्यावश्यक शल्यक्रिया हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको पनि सेवा प्रवाह भएको गह्रौ प्राथमिक अस्पतालले जनाएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















