आज तीन ठाउँमा उपनिर्वाचन हुँदै
वालिङ,१० वैशाख– तनहुँ निर्वाचन क्षेत्र नं. १, चितवन निर्वाचन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २ मा आइतबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ ।