अग्लाे चाैतारीमा बसेर !


खुमकान्त अर्याल
आजभाेली केटाकेटीलाई काम गराए वाल अधिकार हननकाे आराेप लाग्छ, उ बेला ८/९ वर्षका वालवालिकादेखि बृद्धबृद्धा सम्मका सबैले खेतीपाती,घर गाेठकाे काम गर्न पर्थ्याे ।
खेतीकाे काम त छदैछ दैनिक विहानमा १ डाेकाे घाँस र १/२ गाग्री पानी नल्याए सम्म स्कुल जाने अनुमति नपाएकाे अनुभव हामी धेरै संग छ । घाँस काट्ने पानी ल्याउने काम त्यति कठिन हुदैनथ्याे जति विदाकाे दिनमा दिनभरी गर्मीमा मकैवारी भित्र खस्रा मकैका पातले पाच्छदै, चहर्याउँदै वडे काेदालीले बारी खनेर काेदाे राेप्ने मेलाे वनाउँदा ।
यस्तै दिनभरी चर्का घाममा धानखेतकाे छेउकुनाेकाे वाँझाे खन्न र हिलाम्मे भएर आली,मेडी लगाउँन पनि त्यस्तै कडा श्रमकाे काम हुन्थ्याे । अझ हली दाइ खुन्सिएकाे वेला परे जोत्दा माझमै पनि छाेडेर वाँकी वाँझाे खन्न कम्ति दुःख हुने गर्थ्याे र ! यसरी फाँटमा आँफु धस्सिएर काम गरिराख्दा चाैताराकाे सीतलमा बसेर गफ लगाएर हाम्रा काम हेरेर मजालिने दाजु वाहरू संग भने मनमनै इर्स्या जाग्थ्याे । उनीहरू त्याँहबाट यसाे र उसाे गर भनेर सिकाउने संग त झन झर्कन मन लाग्थ्याे । तर के गर्न तेतीखेरका केटाकेटीमा कहाँ वचन फिर्ता गर्ने हिम्मत हुनु नि !
आज पनि त्यसरि नै काम गरेर घर गृहस्थी चलाउने मात्र हाेइन ज्यालामा मेलाेपाताेकाे काम गरि वनिवुताे गर्नेको संख्या धेरै छ । त्यस्तो कडा श्रमको अनुभव संगाल्नेहरूले श्रम गर्नेलाई हेलाँहाेचाेकाे भावना राख्दैनन कहिल्यै, किन कि दुःख कति हुन्छ उनिहरूलाई मात्र थाहा हुन्छ । आज यहाँ मैले भन्न खाेजेकाे कुराकाे चुराे त अर्कै हाे तर लामो भूमिका तिर अलमल्याएँ ।
२/४ अक्षर लेखी टाेपल्नेलाई यस्तै अनेक प्रशंगहरूले लेख्ने जाँगर चल्छ । आदरणीय बिष्णु रेग्मी सरले आँफ्नाे फेसबुक वालबाट, हाम्राे शरीरमा साक्षी तत्व हुन्छ र याे आनन्दमय छ भन्ने संक्षिप्त दृष्टान्तको राम्राे लेख पोस्ट गर्नु भएको हेर्न पाएँ । त्यहाँ मैले प्रतिकृया व्यक्त गर्दा , हाम्राे शरीरमा लय भयर रहने साक्षी तत्व के हो, मेराे वुझाइमा साक्षी भनेको चाैताराेकाे सीतलमा बसेर फाँटमा अरूले गरिरहेकाे कामको रमिता हेर्नु जस्तै हो भने । यस विषयमा मेरो सानो अभ्यासबाट पाएको ससानो झलकका वारे फेसबुकमा धेरै पटक पाेष्ट गरेकोछु । हाे, हामी मानिस श्रृष्टीकाे सवैभन्दा वुद्दिमान र चेतनशील प्राणी हाैं । सवै चेतनशील त छाैं तर हामी संग अझ धेरै चेतन भइ धेरै कुरा जान्न, सुखी हुन र अरूकाे कल्याण गर्न सक्ने सम्भावना छ । विज्ञान, कला तथा अर्थशास्त्रकाे उन्नति गरि धेरै सुखसुविधाकाे भाेग गर्न सक्छाैं र याे सवैकाे उदेश्य हुन नै पर्दछ । तर सबैकुराले सम्पन्न भयकाहरु पनि सधै सुखी हुनुपर्नेमा धेरैजसाे किन दुःखी उदासी र पिडित छाैं । सम्पत्ति, श्राेत साधन,स्वास्थ्य, दैवी घटनाले जति दुःखी छाैं त्याे भन्दा वढी धन सम्पत्ति र मान प्रतिष्ठाले सुसज्जितहरू अझ धेरै दुःखी र पीडाले भित्रिभत्रै छटपटिएकाे देखिन्छ । भगवान गाैतम वुद्धलाई के कमि थियाे र उनी सुखकाे खाेजमा दरवार त्यागेर जंगल लागे । लामो साधना गरि ध्यानमा बस्दा सिद्धार्थ गौतमले एक दिन ज्ञान पाए, त्यस क्षणमा प्राप्त ज्ञानकाे प्रकाशमा जताततै आनन्द मात्र फैलिएकाे देखे । तृष्णाकाे फन्दामा परि जीवनका तुच्छ चीजहरूमा मानिसहरूले जीवन गुमाएको र आनन्दबाट वन्चित भएको थाहा पाए । भनिन्छ भगवान वुद्धले त्यसवखत पृथ्वी, सुर्य,चन्द्र सवै आफु भन्दा तल्तिर उदाएको देखे । उनले मानिस श्रृस्टी तथा व्रम्हाण्डको रहस्य के हाे सबै कुरा वुझे तव मानिसको कल्याणका लागि बाटो देखाए । वुद्धकै जस्ताे ज्ञान पाउने सम्भावना हामीलाई अहिल्यै नभएता पनि याे शरीर र मनकाे निरीक्षण गरि यसैकाे आधारका रूपमा रहेकाे साक्षी तत्वकाे अनुसन्धान गरि केही भेउ पाउन हामीले पनि सक्छाैं । श्रम गर्न पर्दैन होसलाई बढाउने अभ्यास दैनिक कामका बखत पनि गर्न सकिन्छ । भेद खुल्दै जान सक्याे भने शरीरको श्रम, कष्ट,मनका ताप र क्षणिक उन्माद अलग्गै बसेर देखिन्छ । तव हामी पनि त्यस दुःख सुखका भागी नभएकाे, केवल अग्लाे चाैताराेकाे सीतलमा बसी फाँटमा भैरहेकाे कामकाे रमिते भएर आनन्द लिए जस्तै लाभ लीन सकिन्छ । तव याे सांसारका सवै कर्महरू दुःख सुख होइन रंगमंचकाे नाटककाे प्रदर्शन र हामी त्यसका श्रोता द्रस्टा हौँ भन्ने लाग्छ ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal