अग्लाे चाैतारीमा बसेर !


खुमकान्त अर्याल
आजभाेली केटाकेटीलाई काम गराए वाल अधिकार हननकाे आराेप लाग्छ, उ बेला ८/९ वर्षका वालवालिकादेखि बृद्धबृद्धा सम्मका सबैले खेतीपाती,घर गाेठकाे काम गर्न पर्थ्याे ।
खेतीकाे काम त छदैछ दैनिक विहानमा १ डाेकाे घाँस र १/२ गाग्री पानी नल्याए सम्म स्कुल जाने अनुमति नपाएकाे अनुभव हामी धेरै संग छ । घाँस काट्ने पानी ल्याउने काम त्यति कठिन हुदैनथ्याे जति विदाकाे दिनमा दिनभरी गर्मीमा मकैवारी भित्र खस्रा मकैका पातले पाच्छदै, चहर्याउँदै वडे काेदालीले बारी खनेर काेदाे राेप्ने मेलाे वनाउँदा ।
यस्तै दिनभरी चर्का घाममा धानखेतकाे छेउकुनाेकाे वाँझाे खन्न र हिलाम्मे भएर आली,मेडी लगाउँन पनि त्यस्तै कडा श्रमकाे काम हुन्थ्याे । अझ हली दाइ खुन्सिएकाे वेला परे जोत्दा माझमै पनि छाेडेर वाँकी वाँझाे खन्न कम्ति दुःख हुने गर्थ्याे र ! यसरी फाँटमा आँफु धस्सिएर काम गरिराख्दा चाैताराकाे सीतलमा बसेर गफ लगाएर हाम्रा काम हेरेर मजालिने दाजु वाहरू संग भने मनमनै इर्स्या जाग्थ्याे । उनीहरू त्याँहबाट यसाे र उसाे गर भनेर सिकाउने संग त झन झर्कन मन लाग्थ्याे । तर के गर्न तेतीखेरका केटाकेटीमा कहाँ वचन फिर्ता गर्ने हिम्मत हुनु नि !
आज पनि त्यसरि नै काम गरेर घर गृहस्थी चलाउने मात्र हाेइन ज्यालामा मेलाेपाताेकाे काम गरि वनिवुताे गर्नेको संख्या धेरै छ । त्यस्तो कडा श्रमको अनुभव संगाल्नेहरूले श्रम गर्नेलाई हेलाँहाेचाेकाे भावना राख्दैनन कहिल्यै, किन कि दुःख कति हुन्छ उनिहरूलाई मात्र थाहा हुन्छ । आज यहाँ मैले भन्न खाेजेकाे कुराकाे चुराे त अर्कै हाे तर लामो भूमिका तिर अलमल्याएँ ।
२/४ अक्षर लेखी टाेपल्नेलाई यस्तै अनेक प्रशंगहरूले लेख्ने जाँगर चल्छ । आदरणीय बिष्णु रेग्मी सरले आँफ्नाे फेसबुक वालबाट, हाम्राे शरीरमा साक्षी तत्व हुन्छ र याे आनन्दमय छ भन्ने संक्षिप्त दृष्टान्तको राम्राे लेख पोस्ट गर्नु भएको हेर्न पाएँ । त्यहाँ मैले प्रतिकृया व्यक्त गर्दा , हाम्राे शरीरमा लय भयर रहने साक्षी तत्व के हो, मेराे वुझाइमा साक्षी भनेको चाैताराेकाे सीतलमा बसेर फाँटमा अरूले गरिरहेकाे कामको रमिता हेर्नु जस्तै हो भने । यस विषयमा मेरो सानो अभ्यासबाट पाएको ससानो झलकका वारे फेसबुकमा धेरै पटक पाेष्ट गरेकोछु । हाे, हामी मानिस श्रृष्टीकाे सवैभन्दा वुद्दिमान र चेतनशील प्राणी हाैं । सवै चेतनशील त छाैं तर हामी संग अझ धेरै चेतन भइ धेरै कुरा जान्न, सुखी हुन र अरूकाे कल्याण गर्न सक्ने सम्भावना छ । विज्ञान, कला तथा अर्थशास्त्रकाे उन्नति गरि धेरै सुखसुविधाकाे भाेग गर्न सक्छाैं र याे सवैकाे उदेश्य हुन नै पर्दछ । तर सबैकुराले सम्पन्न भयकाहरु पनि सधै सुखी हुनुपर्नेमा धेरैजसाे किन दुःखी उदासी र पिडित छाैं । सम्पत्ति, श्राेत साधन,स्वास्थ्य, दैवी घटनाले जति दुःखी छाैं त्याे भन्दा वढी धन सम्पत्ति र मान प्रतिष्ठाले सुसज्जितहरू अझ धेरै दुःखी र पीडाले भित्रिभत्रै छटपटिएकाे देखिन्छ । भगवान गाैतम वुद्धलाई के कमि थियाे र उनी सुखकाे खाेजमा दरवार त्यागेर जंगल लागे । लामो साधना गरि ध्यानमा बस्दा सिद्धार्थ गौतमले एक दिन ज्ञान पाए, त्यस क्षणमा प्राप्त ज्ञानकाे प्रकाशमा जताततै आनन्द मात्र फैलिएकाे देखे । तृष्णाकाे फन्दामा परि जीवनका तुच्छ चीजहरूमा मानिसहरूले जीवन गुमाएको र आनन्दबाट वन्चित भएको थाहा पाए । भनिन्छ भगवान वुद्धले त्यसवखत पृथ्वी, सुर्य,चन्द्र सवै आफु भन्दा तल्तिर उदाएको देखे । उनले मानिस श्रृस्टी तथा व्रम्हाण्डको रहस्य के हाे सबै कुरा वुझे तव मानिसको कल्याणका लागि बाटो देखाए । वुद्धकै जस्ताे ज्ञान पाउने सम्भावना हामीलाई अहिल्यै नभएता पनि याे शरीर र मनकाे निरीक्षण गरि यसैकाे आधारका रूपमा रहेकाे साक्षी तत्वकाे अनुसन्धान गरि केही भेउ पाउन हामीले पनि सक्छाैं । श्रम गर्न पर्दैन होसलाई बढाउने अभ्यास दैनिक कामका बखत पनि गर्न सकिन्छ । भेद खुल्दै जान सक्याे भने शरीरको श्रम, कष्ट,मनका ताप र क्षणिक उन्माद अलग्गै बसेर देखिन्छ । तव हामी पनि त्यस दुःख सुखका भागी नभएकाे, केवल अग्लाे चाैताराेकाे सीतलमा बसी फाँटमा भैरहेकाे कामकाे रमिते भएर आनन्द लिए जस्तै लाभ लीन सकिन्छ । तव याे सांसारका सवै कर्महरू दुःख सुख होइन रंगमंचकाे नाटककाे प्रदर्शन र हामी त्यसका श्रोता द्रस्टा हौँ भन्ने लाग्छ ।

ताजा

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal