एमालेलाई कमजोर बनाउने खेल भयो: अध्यक्ष ओली

पाल्पा,१५ चैत– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताउनुभएको छ ।

एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंलबार पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गर्नुभएको हो ।

सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताउनुभयो ।

सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उहाँको भनाइ छ ।

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको आरोप लगाउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक आर्थिक, राजनीतिक र राष्ट्रियता सङ्कटमा रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको सङ्केत गर्दै एमालेभित्र खराब आचरणका व्यक्ति प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताउनुभयो ।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal