एमालेलाई कमजोर बनाउने खेल भयो: अध्यक्ष ओली

पाल्पा,१५ चैत– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताउनुभएको छ ।
एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंलबार पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गर्नुभएको हो ।
सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताउनुभयो ।
सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उहाँको भनाइ छ ।
एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको आरोप लगाउनुभयो ।
पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक आर्थिक, राजनीतिक र राष्ट्रियता सङ्कटमा रहेको बताउनुभयो ।
फरक प्रसङ्गमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको सङ्केत गर्दै एमालेभित्र खराब आचरणका व्यक्ति प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताउनुभयो ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार