पुतलीबजारमा वित्तिय साक्षरता तालिम सम्पन्न


स्याङ्जा,२२ फागुन– पुतलीबजार नगरपालिकामा वित्तिय साक्षरता लातिम सम्पन्न गरिएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडीपीको आर्थिक एवं प्राविधिक सहयोग र सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल” परियोजना अन्तगरत वित्तिय साक्षरता तालिम गरिएको हो ।

कार्यक्रममा वित्तिय साक्षरता आजको आवश्यकताका बारेमा मुक्तिनाथ विकास बैंङ्क स्याङ्गजा शाखा प्रमुख दिनेश गुरुङ र सन्तोष ढकालले आम्दानी गरेको रकम कसरी र किन बचत गर्नुपर्छ, बचत केका लागि भन्ने कुराहरुका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । बजेट अनुसारको योजना बनाएर खर्च गर्ने बानीको विकास गर्नुका साथै आर्थिक कारोबार गर्दा बैङ्किङ प्रणाली र कियूआर कोड मार्फत गर्न सुझाव दिइएको थियो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका कार्यबहाक नगरप्रमुख मनोज पौडेलले तालिमले सहभागिहरुलाई घरमै बसेर पनि आर्थिक कारोबार गर्न सकिन्छ भन्ने कुराको जानकारी दिनुका साथै यसको प्रयोगमा सहयो पुर्याउने विश्वास ब्याक्त गर्दै भौगोलिक हिसाबले समस्यामा परेकाहरुलाई कियूआर कोड मार्फत कारोबार गर्दा अझ सहज हुने कुरा बताउनुभयो ।

कार्यबहाक नगरप्रमुख मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन परियोजनाको प्रशासन तथा कम्प्यूटर सहायक कमला रोका गोदारले गर्नु भएको थियो भने कार्यक्रममा पुतलीबजार नगरपालिका भित्रका ३४ जना लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal