फूलबारी सहकारीको ९ औं वार्षिक साधारण सभा सम्पन्न

वालिङ,२६ पुस– वालिङ नगरपालिका १० भकुण्डेमा रहेको फूबारी सहकारी लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
स्थापना भएको छोटो समयमै एक स्थिापित संस्थाको रुपमा परिचय बनाउन सफल भएको फूबारी सहकारीले शेयर सदस्यहरुको मन जित्न सफल भएको छ ।
वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले सहकारीले आफ्ना सदस्यहरुको हितलाई केन्द्र विन्दुमा राखेर कार्य गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख खाँणले सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई आयआर्जनका माध्यामबाट आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्ने बताउदै यस तर्फ ध्यान पुर्याउन सकेको अवस्थामा सहकारी अभियान सफल हुनुका साथै यसले सहकारीहरुलाई दिगो बनाउने समेत बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख एवं सहकारी अभियान्ता भुपराज अधिकारी, संस्थाका सल्लाहाकार राजेन्द्र गैह्रे लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विकास लम्सालले गर्नुभएको थियो भने कार्यक्रममा जेष्ठ नागरिकका साथै एसईईमा उत्कृष्ठ अंक ल्याएर उत्रीर्ण हुने छात्रछात्राका साथै संस्थाको लागि योग्दान पुर्याउने विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको थियो ।
संस्थामा १२ सय बढि शेयर सदस्य रहेकाछन् भने संस्थाले वालिङ नगरपालिका १० भकुण्डेका साथै वालिङ १४ मा रहेको डुम्रेभञ्ज्याङ सेवा केन्द्रबाट सेवा दिदै आएको छ ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार