सूर्य चिन्हमा भोट दिनु स्वाभिमान र जनजीविकाको पक्षमा उभिनु हो ः एमाले सचिव अर्याल
गोपाल जिटी
वालिङ,१ मङ्सिर– यही मंसिर ४ मा हुने निर्वाचनमा स्याङ्जा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं एमाले केन्द्रीय सचिव पद्मा अर्यालले एमालेको सूर्य चिन्हमा भोट दिनु स्वाभिमान र जनजीविकाको पक्षमा उभिनु भएको बताउनु भएको छ ।
स्याङ्जाको वालिङमा बिहीबार घरदैलो सहित गरिएको कोणसभालाई सम्वोधन गर्दै पूर्व मन्त्रीसमेत रहनुभएकी अर्यालले नेकपा एमालेको सूर्य चिन्हमा भोट दिनु स्वाभिमान र जनजीविकाको पक्षमा उभिनु भएको बताउनु भएको हो ।
एमालेको पक्षमा आएको जनलहरबाट आत्तिएर गठवन्धनका उम्मेदवार तथा कांग्रेसका कार्यकर्ताहरु सामाजिक सञ्जालमार्फत आँफूलाई भ्रष्टाचारको मिथ्या आरोप लगाउने गरेको बताउनुभयो ।
अर्यालले भन्नुभयो,“हरुवा मानसिकता भएकाहरु फेसबुक लगायतका सामाजिक सञ्जालमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । म यहीँ छु, कहिँ कतै भ्रष्टाचार गरेको भए प्रमाणित गरेर देखाउनु सक्नुप¥यो । हिम्मत भए जेल हाल्न आँट गर्नुस्, होइन भने कसैलाई मिथ्या आरोप लगाउने छुट छैन ।”
मंसिर ४ गते मुलुकको समृद्धि कि वर्वादीको निर्वाचन भएकोसमेत अर्यालको भनाई थियो । साढे तीन वर्ष एमालेले गरेको विकासका कामको मूल्याङ्कन जनताले गरेका छन् भन्दै सचिव अर्यालले गठवन्धनले देशै वर्वादितिर लगेको बताउनुभयो ।
जनजीविका, विकास र समृद्धिको पक्षमा उभिने नेकपा एमाले हो । नेकपा एमालेको पक्षमा आम नागरिकहरु हुनुहुन्छ । त्यसैले यो निर्वाचनमा सूर्य चिन्हमा भोट दिएर एमालेका उम्मेदवारहरुलाई विजयी गराउनुहुन्छ । जनताको अभिमतबाट “मंसिर चार, केपी ओलीको नेतृत्वमा एमालेको बहुमतको सरकार” भन्ने हाम्रो सपनालाई जनताले सावित गर्ने अर्यालको दावी छ ।
यसैगरी क्षेत्र नम्वर २ को प्रदेश क का उम्मेदवार मोहन रेग्मीले एमालेको जीत सुनिश्चित गर्न उत्साहजनक जनलहर आएको बताउनुभयो । रेग्मीले समृद्धिको अभियानमा अगाडी बढेको नेकपा एमालेको सूर्य चिन्हमा भोट दिएर अत्यधिक बहुमतले विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी झण्डै सय जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पूर्वमन्त्री अर्यालले पार्टीमा खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो । बिभिन्न पार्टी परित्याग गरि युवाहरु एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















