सूर्य चिन्हमा भोट दिनु स्वाभिमान र जनजीविकाको पक्षमा उभिनु हो ः एमाले सचिव अर्याल

गोपाल जिटी
वालिङ,१ मङ्सिर– यही मंसिर ४ मा हुने निर्वाचनमा स्याङ्जा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं एमाले केन्द्रीय सचिव पद्मा अर्यालले एमालेको सूर्य चिन्हमा भोट दिनु स्वाभिमान र जनजीविकाको पक्षमा उभिनु भएको बताउनु भएको छ ।
स्याङ्जाको वालिङमा बिहीबार घरदैलो सहित गरिएको कोणसभालाई सम्वोधन गर्दै पूर्व मन्त्रीसमेत रहनुभएकी अर्यालले नेकपा एमालेको सूर्य चिन्हमा भोट दिनु स्वाभिमान र जनजीविकाको पक्षमा उभिनु भएको बताउनु भएको हो ।
एमालेको पक्षमा आएको जनलहरबाट आत्तिएर गठवन्धनका उम्मेदवार तथा कांग्रेसका कार्यकर्ताहरु सामाजिक सञ्जालमार्फत आँफूलाई भ्रष्टाचारको मिथ्या आरोप लगाउने गरेको बताउनुभयो ।
अर्यालले भन्नुभयो,“हरुवा मानसिकता भएकाहरु फेसबुक लगायतका सामाजिक सञ्जालमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । म यहीँ छु, कहिँ कतै भ्रष्टाचार गरेको भए प्रमाणित गरेर देखाउनु सक्नुप¥यो । हिम्मत भए जेल हाल्न आँट गर्नुस्, होइन भने कसैलाई मिथ्या आरोप लगाउने छुट छैन ।”
मंसिर ४ गते मुलुकको समृद्धि कि वर्वादीको निर्वाचन भएकोसमेत अर्यालको भनाई थियो । साढे तीन वर्ष एमालेले गरेको विकासका कामको मूल्याङ्कन जनताले गरेका छन् भन्दै सचिव अर्यालले गठवन्धनले देशै वर्वादितिर लगेको बताउनुभयो ।
जनजीविका, विकास र समृद्धिको पक्षमा उभिने नेकपा एमाले हो । नेकपा एमालेको पक्षमा आम नागरिकहरु हुनुहुन्छ । त्यसैले यो निर्वाचनमा सूर्य चिन्हमा भोट दिएर एमालेका उम्मेदवारहरुलाई विजयी गराउनुहुन्छ । जनताको अभिमतबाट “मंसिर चार, केपी ओलीको नेतृत्वमा एमालेको बहुमतको सरकार” भन्ने हाम्रो सपनालाई जनताले सावित गर्ने अर्यालको दावी छ ।
यसैगरी क्षेत्र नम्वर २ को प्रदेश क का उम्मेदवार मोहन रेग्मीले एमालेको जीत सुनिश्चित गर्न उत्साहजनक जनलहर आएको बताउनुभयो । रेग्मीले समृद्धिको अभियानमा अगाडी बढेको नेकपा एमालेको सूर्य चिन्हमा भोट दिएर अत्यधिक बहुमतले विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी झण्डै सय जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पूर्वमन्त्री अर्यालले पार्टीमा खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो । बिभिन्न पार्टी परित्याग गरि युवाहरु एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार