गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म
गण्डकी,१६ जेठ– सरकारले अघि सारेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति जगेर्ना लगायतमा जोड दिइएको छ ।
संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको छ ।
कृषिको उत्पादनलाई जोड दिएको सरकारले गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।
सरकारले मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यन्वयन गर्न सहयोग गर्ने सरकारले जनाएको छ ।
सरकारले मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्ने सडक स्तरोन्नतिका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ । पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउने अर्थमन्त्री शर्माले बताउनुभयो ।
आन्तरिक हवाई सेवाको गुणस्तर अभिवृद्धि गर्न र पहुँच विस्तार गर्न बाग्लुङको बलेवा विमानस्थलको स्तरोन्नति गर्ने सरकारले जनाएको छ । विमानस्थलको पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
सरकारले दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालनमा ल्याउने जनाएको छ । नवलपरासी पूर्वको देवचुलीमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।
सरकारले सडक मानव एवं सडक बालबालिका मुक्त नेपाल अभियानलाई निरन्तरता दिँदै नेपाललाई सडक मानवमुक्त राष्ट्र बनाउने जनाएको छ । बालबालिकाको खोजतलास सेवा र बाल हेल्पलाइन सेवा विस्तार गरी विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार, संरक्षण तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाइने अर्थमन्त्री शर्माले बताउनुभयोे । तनहुँको ढकालटारमा बालसुधार गृहको निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
सरकारले चितवन–रामपुर–पोखरा द्रुत मार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अघि बढाउने अर्थमन्त्रीले बताउँनुभयो । रणनीतिक महत्वका नागढङ्गा, नौबिसे, मुग्लिन खण्ड र मुग्लिन–पोखराको सडक स्तरोन्नति र विस्तारको लागि रु १० अर्ब १४ करोड विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताउनुभयो । पृथ्वी राजमार्गको दमौली–मादी नदीमा सिग्नेचर पुल निर्माण कार्य सुरु गरिने सरकारले जनाएको छ । पोखरा उपत्यकामा ट्राम यातायको सम्भाव्यता अध्ययन गरिने सरकारको योजना छ । गण्डकीको उपल्लो मनाङ, लोमान्थाङमा व्यवस्थित हिमाली सहर विकास गर्न अध्ययन गरिने सरकारको योजना छ ।
नवलपरासी पूर्वमा सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृतरुपमा सरकारी कार्यालयको भवन निर्माण गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
जलवायु परिवर्तनको कारण हिमताल विष्फोटको जोखिम न्यूनीकरण गर्न मनाङको एक, सङ्खुवासभाको एक र सोलुखुम्बुको दुई हिमतालको पानीको सतह घटाउने उल्लेख गरिएको छ ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार





















