ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह
गण्डकी,२२ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ ।
मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्व बैंकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासमा पनि योगदान दिएको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उहाँले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा आठ प्रतिशत योगदान गर्ने जानकारी दिनुभयो । राजश्व परिचालन रु दुईदेखि तीन अर्बको बीचमा रहेको र प्रदेशमा आर्थिक क्रियाकलाप कम भएकाले स्रोत परिचालन न्यून रहेको उहाँको भनाइ छ ।
सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकता निर्धारण गरी अगाडि बढेको अवस्थामा कोभिड महामारीले आर्थिक, सामाजिक अवस्थालाई असर पारेको उहाँले बताउनुभयो ।
सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्गप्रशस्त गर्ने भन्दै उहाँले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
हिमाली जिल्लामा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न नसकिएको उल्लेख गर्दै उहाँले प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुस्ताङको कोरलानाकाबाट पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा दुई लेनको डेडिकेटेड सडकका रूपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरूप नै फेरिने र यो मार्ग गण्डकी प्रदेशको समृद्धि मार्गका रूपमा रहने उहाँले बताउनुभयो ।
विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताउनुभयो ।
कनेक्टिभिटीलाई आफूहरूले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उहाँले मुस्ताङलगायत जिल्लामा उत्पादित अग्र्यानिक सामग्रीको ब्राण्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताउनुभयो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















