सडक अवरुद्ध हुदा बाटैमा रोकीयो संक्रमितलाई उपचारको लागि लिन गएको टोली
वालिङ,१६ जेठ– केही दिनदेखि लगातार परेको वर्षाका कारण स्याङ्जाको वालिङ हुवास खण्डको वालिङ नगरपालिका १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिरोलो सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध हुदा कोरोना संक्रमित बिरामीलाई उपचारको लागि लिन गएका युवा बाटोमै रोकीएकाछन् । वालिङ नगरपालिका १४ हुलकाङ् स्थित फुलबारीमा कोरोना संक्रमणबाट बिरमी भएका एक पुरुषलाई उपचारको लागि अस्पताल पुर्याउनको लागि लिन गएका वालिङ ९ का विवेक पराजुली र १४ का याम लुईटेल सडक अवरुद्ध हुदा बाटोमै रोकीएका हुन ।
वालिङ १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवाहरु सडक अवरुद्ध हुदा समयमै बिरामी भएको स्थल सम्म जान नसकिएको र बाटो खुलाउनको लागि नगरपालिकामा खबर गरिएको जानकारी दिनुभयो । नेकपा एमाले निकट रहेका विवेक पराजुली युवा संघ वालिङ नगर कमिटीका अध्यक्ष समेत हुन भने याम लुईटेल विश्व यात्री हुन दुबै युवाले केही समय देखि कोरोना संक्रमित बिरामीको उपचारको लागि अस्पताल सम्म पुर्याउनुका साथै मृत्कको दाहसंस्कार कार्यमा समेत सहयोग पुर्याउदै आएकाछन् ।
लगातार परेको वर्षाका कारण जिल्लाका अधिकाशं ग्रामीण सडकका साथै बस्तीहरु जोखिममा परेकाछन् भने ग्रामीड सडकमा पहिरो जादा सवारी साधन चल्न सकेकाछैनन् ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















