अस्पतालका बिरामीलाई निशुल्क भोजन

वालिङ,७ जेठ– वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो ।
“विश्वभर महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ” उहाँले भन्नुभयो, “सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ जसका कारण होटल तथा पसलहरु नखुल्दा खानाका लागि समस्या नहोस् भनेर अस्पतालकै क्यान्टिनमा निशुल्क खानाको ब्यवस्था मिलाएका छौं ।”

होटल तथा अन्य पसलहरु बन्द हुँदा खाना तथा खाजाको ब्यवस्थापनका लागि समस्या भएकाले नगरपालिकाको सहयोगमा अस्पतालकै क्यान्टिनबाट निशुल्क खाना उपलब्ध गराईएको उहाँले बताउनुभयो । आइसोलेसनमा उपचाररत सबै बिरामीलाई दैनिक खाना खुवाउने गरिएको अस्पतालका सूचना अधिकारी देबेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाको सहयोगमा दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट स्वास्थ्यकर खाजा तथा खानाको ब्यवस्थापन गरिएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal