रोटरीद्वारा रामपुर अस्पताललाई सहयोग
रामपुर,६ जेठ– रोटरी क्लब रामपुर पाल्पाले रामपुर अस्पताललाई पिपिईसेट सहयोग गरेको छ । कोरोना संक्रमण बढ्दै गएको बेला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई काम गर्न सहयोग होस भनेर क्लबले अस्पताललाई सहयोग गरेको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा जोखिम मोलेर सेवा दिने स्वास्थ्यकर्मीलाई १४ थान पिपिईसेट तथा फेससिल प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोना भाइरसको जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई समेत उपलब्ध हुने गरी सामग्री प्रदान गरिएको रोटरी क्लबले जनाएको छ ।
रामपुर अस्पतालका अध्यक्ष बासुदेव भट्टराईले कोभिड–१९ को संक्रमणकालिन विपदको समयमा साधन स्रोतको कमी भएपनि जसोतसो सेवा दिएको बताउदै पिपिईसेट दिएर सहयोग गर्ने रोटरी क्लबलाई धन्यवाद दिदै स्वास्थ्य सामग्रीले स्वास्थ्य कर्मीहरुलाई काम गर्न थप सहयोग पुग्ने बताउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















