स्याङ्जामा ४ जना कोरोना संक्रमितको मृत्यु

वालिङ,२७ वैशाख– स्याङ्जामा कोरोना संक्रमणका कारण थप चार जना मृत्यु भएको छ । वालिङकी एक महिला, हरिनासाका एक पुरुष, फेँदिखोला गाउँपालिकाकी एक महिला र गल्याङका पुरुष सहित जिल्लामा थप चार संक्रमितको पोखरामा मृत्यु भएको हो ।
वालिङ १ की ६४ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा सोमबार मृत्यु भएको हो भने हरिनाास गाउँपालिका ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
वालिङकी महिलालाई १७ गते संक्रमण पुष्टी भएको हो । उनमा निमोनिया, मुटुको समस्या जस्ता समस्या थियो भने हरिनासका पुरुषमा आईतबार मात्रै संक्रमण पुष्टी भएको थियो ।

त्यस्तै फेदीखोला गाउँपालिका ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको आईतबार साँझ गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । ती महिलामा यही बैसाख २३ गते संक्रमण पुष्टी भएको थियो । गल्याङ नगरपालिका ३ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको भने चरक मेमोरियल पोखरामा मृत्यु भएको हो । ती पुरुषमा वैशाख २१ गते संक्रमण पुष्टी भएको थियो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal