‘आँधीखोलादेखी तमसा नदीको किनार सम्म’

खुमकान्तअर्याल

श्रवणकुमारका अन्धा वावुआमाको आँशुबाट वनेको दहबाट वगेको भनेर किम्वदन्ती जोडिएको आँधीखोलाको किनारमा वस्ने हामी २६ जनाको टोली तमसा नदीको किनारमा रहेको वाल्मीकि आश्रमको दर्शनको लागि यही २०७७ फाल्गुन २७ गते महाशिवरात्रीको दिन विहान ६ वजे गाडि चढेर अगाडि वढ्रयौं । आँधीखोला वग्दै कालीगंगामा मिसिएर फेरी नारायणीमा सामेल हुदै तमसा नदीको संगमस्थल सम्मको करिव ३०० कि.मी.को यात्रा गर्न आँधीखोलाको जललाई सायद १ दिन पुरै लाग्दो होला, तर वालिङ देखी वुटवल वर्दघाट हुदै त्रिवेणी सम्मको करिव १६५ कि.मि.को सडक यात्राबाट ५.५ घन्टामा हामी नवलपरासीको त्रिवेणी घाटमा पुग्यौं । प्रकृतिको अनुपम सुन्दरतामा रमाएको त्रिवेणी यसै पनि रमणीय रहेछ, त्यसमा पनि यंँहाका मठ मन्दिरहरुमा भैरहने धार्मिक कार्यक्रम, श्रद्दालु भक्तजनहरुको घुइँचोले हरकोही मोहित नभै छाड्रने छैन । शिवरात्रीको दिन भएकोले घाट अगाडिकै शिव मन्दिरमा दर्शनकोलागि हातमा फूल वेलपत्र लिएर उभिनेको लाईन लामो थियो । मौसम सफा भएकोले होला यतिवेला नारायणीको जल लोभलाग्दो निर्मल थियो । तिरमा पुगेर जलको स्पर्स गर्न पनि अल्छी मान्ने यात्रीहरु पनि लोभिएर नुहाईरहेका र श्रद्दालु भक्तजनहरु त झन पटक पटक डुवुल्की मार्दै आनन्द लिदै गरेको देखिन्थ्यो । घाटको जलमा नै स्तम्भित गरिएको भगवान शंकरको अग्लो मुर्तीले घाटको आकर्षण थपेको छ । ताँहीबाट राष्ट्रिय झन्डा फहराउदै वारीपारी गरिरहेका डुङ्गाहरुको दृश्य साँच्चै हेर्न लायक थियो र यतिवेला नेपाली हुनुको अभिमान जाग्दो रहेछ सायद यो झन्डाले हामीलाई यति भावुक वनाउदो रहेछ ।
गंगास्नान, शिवको दर्शन तथा पुजाको कर्म पछि हामी तिनै राष्ट्रिय धोजा वाहक डँुगाहरुको सयर गर्दै पारी रहेको चितवन राष्ट्रिय निकुन्जको तिरमा पुग्यौं । यँहीबाट पुर्व तर्फ फैलिएको जंगलको माझबाट वाल्मीकि आश्रममा जाने गोरेटो वाटो रहेछ । घना जंगलै जंगलको करिव १ घन्टाको हिडाई पछि हामी पुग्यौं ‘वाल्मीकि आश्रम’ ।
वनको माझमा रहेको आश्रममा मुख्य २ वटा मन्दिर छन् । एउटा मन्दिरमा भगवान विष्णु र शिवको आधाआधा शरीर जोडिएर वनेको हरिहरको मुर्ती रहेको छ । अर्को माता सीताको मन्दिर छ । मन्दिरबाट पुर्वतर्फको भागमा लवकुश जन्मभएको स्थान, सीताको पाताल प्रवेश खाडल, सीताले फलमूल खाने ठाँउ र उनले प्रयोग गर्ने सिलौटो,लवकुशले रामको घोडा प्रक्रेर वाँधेको खम्वा, अठासी हजार ऋषिहरुले हवन गरेको यज्ञ कुन्ड, गौरी शंकर शंख, अमृत कुवा, लवकुशले वाल्मीकि ऋषिबाट शिक्षा ग्रहण गरेको स्थान चौतारी, महर्षिको व्रम्ह ज्ञान स्थल रहेछ । मन्दिर परिशरमा वस्नको लागि रुखहरुलाई घेरादिएर वनाएका चौतारीहरु र आडलागेर वस्ने ठाउँहरु छन । फराकिलो सम्म ठाउँ भएको र रुखहरु वाक्लै भएकोले चर्को घाममा पनि गर्मी भएको थाहा पाईदैन । परिसर भित्र स साना चिया तथा समोसा पकौडाका पसलहरु छन् । तीर्थ स्थल भएकोले फूल टीका प्रसाद वेच्ने फुटपाथका पसलहरु पनि धेरै नै हुदा रहेछन । आश्रमको सुरक्षार्थ जनपथ प्रहरीको युनिट र शसस्त्र प्रहरी पनि कार्यरत रहेका छन् । यँहाबाट दक्षिण तर्फ भारतको पश्चिीमी चम्पारन जिल्ला अन्तर्गत वाल्मीकि नगर छ भारतीयहरुले यस क्षेत्रलाई पर्यटकीय नगरका रुपमा विकसित गरीरहेका छन् । यँहा आउनको लागि अहिले सम्म नेपालबाट सडक मार्ग वन्न सकेको छैन । त्रिवेणीबाट सुस्ताको पुल पार गरि भारतीय सडकबाट वस जीपबाट जान सकिएता पनि गत १ वर्ष देखी कोरोना संक्रमणको कारणबाट अहिले यो वाटो वन्द गरिएको रहेछ, यसले गर्दा यँहा हिडेर जानु पर्ने हुन्छ । चितवन जिल्लाको माडी न.पा. अन्तर्गत वडा नं १ मा पर्ने यस आश्रममा माघे औशिमा विशेष जात्रा लाग्ने गर्दछ । यो आश्रममा आषाढ साउन र भाद्र तीन महिना वर्षाका कारण वन्द गरिदो रहेछ ।
वाल्मीकि आश्रमको स्थलगत परिचय संगै यो स्थानको के महत्व छ भन्ने वारेमामा सामान्य चर्चा नगरिएमा अधुरो हुन जान्छ । अघि त्रेत्रा यूगमा व्रम्हाजीका पुत्र प्रचेताका छोरा ‘रत्नाकर’ नामगरेका एक छोरा वाल्यकालमा खेल्दै गर्दा वनबाट हराएका थिए । हराएका रत्नाकरलाई शिकार खेलेर् जीविका गरि वनमा वस्ने एक भीलले फेला पारी घरमा लगेर पालन पोषण गरे किन भने उनका कुनै छोराछोरी थिएनन् । रत्नाकर ठूलो भएपछि विवाह भयो,छोराछोरी पाए र भीलको परिवार वढेकोले परिवारको पालन पोषण गर्न शिकारले पुग्न छाड्रयो । अव रत्नाकरले परिवार पाल्नको लागि घनघोर वनको बाटोमा कुरेर यात्रीको धनमाल खोस्ने र डाँका गर्न थाले । यस्तैमा एकदिन वनमा ‘नारद ्ऋषि’ संग भेट भयो । नारद ऋषिले उनलाई यस्तो पापी काम किन गरेका हो ? भनीकन सोध्दा परिवारको पालन पोषणको लागि यस्तो पापी काम गर्नु परेको वताएछन् । परिवारको लागि यस्तो काम गरेको हो भने सो डाका काम गरेवापतको लाग्ने दण्ड सजाय र पाप व्यहोर्न तपाईको परिवारका सदस्य तयार हुन्छन हुन्नन सोध्न नारदले रत्नाकरलाई अनुरोध गरे । रत्नाकरले घरमा गएर आफ्रना छोरा पत्नीलाई सोधे कि हेर मैले तिमीहरुको लागि यसरी दैनिक पाप गरि रहेको छु यसबापत तिमीहरुले पाप र सजाय व्यहोर्न तैयार छौ छैनौ भनेर सोध्दा उनले गरेको चोरीको पाप छोरा पत्निले नव्योहेर्ने वताएपछि भने, रत्नाकरलाई आफ्रनो चोरीको कर्म प्रति पश्चाताप लाग्यो । तव नारदले उनलाई यस पापबाट प्रयाश्चित्त गर्नको लागि धर्मको मार्गमा लाग्न अनुरोध गरे रत्नाकर यसै तर्फ लागे । धेरै तीर्थ व्रत उपवास पछि उनी महर्षि वाल्मीकि वने । उनले तमसा नदीको किनारमा यसै स्थानमा आश्रम वनाए र यँहाबाट धेरैलाई शिक्षा दिक्षा दिन सुरु गरे । यही आश्रममा रामबाट पर्गेलिएकी सीताले आश्रय पाईन र लवकुशको जन्म भयो । वाल्मीकिले लवकुशलाई यँही सम्पुर्ण शास्त्र तथा विध्या प्रदान गरेका थिए । यँही महिर्षि वाल्मीकिले संस्कृत भाषामा पहिलो रामायण महाकाव्यको रचना गरेको विश्वास गरिन्छ जसलाई हामी वाल्मीकि रामायण भनिन्छ र उनलाई आदिकवि पनि भनिन्छ । ्रामायण महाकाव्यमा चामत्कारिक कुराहरु भन्दा पनि आदर्श जीवन सन्चालनको लागि सत्य, मर्यादा, न्याय, प्रेम र कर्तव्य पथका लागि शिक्षा दिईएको छ । राम राज्यको अवधारणा यसै ग्रन्थबाट आएको हो । यसै रामायणका आधारमा पछि धेरै रामायणहरु लेखिएका छन् । यो ग्रन्थको रचना कहिले भयो भन्नेमा एउटै मत छैन कसैले यसलाई १० हजार वर्ष पहिले भन्छन त कसैले इसाको २६०० वर्ष अगाडि ।
वाल्मीकि आश्रम महाऋषिको साधना स्थल र पौराणिक महत्व वोकेको स्थान भएर पनि आश्रम स्थलको जुन महिमा छ त्यस अनुसारको व्यवस्थापन भने टिठ लाग्दो हालतमा छ । पौराणिक महत्वका यस्ता स्थलहरुमा छिमेकी देश भारतले कति भव्य व्यवस्थापन गरेर मनमोहक आकर्षक वनाउने गरेको छ तर त्यँहाका मौजुदा पुरातात्वीक वस्तुहरु हेर्दा अपत्यारिलो जस्तो देखिन्छ । यी प्रमाणहरु आँफै वोल्ने जस्तो गरि सजधज र आकर्षक वनाउन सक्ने हो भने समग्र रामायणमा वर्णित कथालाई चित्रित गर्न सकिने थियो । हामी गफ धेरै गर्छौ, मौजुदा महत्वका वस्तुको संरक्षण गर्न कता हो कता नयाँ पौराणिक स्थलको गफ दिने गर्दछौ । रामको जन्मभूमि जति महत्वको छ समग्र रामको चरित्रको वर्णन गर्ने हाम्र वीचमा रामालाई चिनाउने र दिव्य ज्ञान र सन्देश दिने वाल्मीकि आश्रमको महत्व शव्दमा वर्णन गर्न सकिने अवस्था छैन । हाम्रो टीममा जाने सर्वसाधारण धेरै आमा, भाउजु दिदी वहिनीहरुले प्रतिकृया व्यक्त गर्नु भएको थियो कि, यतिका वर्ष के हेरेर वसेको होला सरकारले, केटाकेटीको खेल जस्तो देखिन्छ आश्रम स्थलको विकासको वारे । सन १९६४ ताका प्रधानमन्त्री किर्ती निधि विष्टको पालामा नेपाल भारत दुवै तर्फका पुरातत्वविदको संयुक्त खोज पछि दुवै देशले वाल्मीकि आश्रमको मान्यता दिई त्यहि समयमा जे जति संरचनाहरु वनेका थिए अहिले सम्म त्यहि मात्र रहेछ । आज सम्म आश्रमको संरक्षण तथा विकासको लागि न कुनै गुरु योजना छ न कुनै राष्ट्रिय संकल्प । हामी यिनै गन्थन गदै हाम्रो टिम त्यहाँबाट ३ वजे तिर फिर्ता भएर त्रिवेणी आई पुग्यौं । त्रीवेणीबाट २ कि.मी पुर्व स्वामी ‘कमलनयनको ’सकृयतामा निर्मित गजेन्द्र मोक्ष धाम भने हेर्नलायक र भव्य रहेछ , मन्दिर र सिसमहल हेरेर अघाउन सकिदैन । फराकिलो परिसरमा अवस्थित यस धाममा गईएन भने त्रिवेणीको यात्रा अपुरो हुने रहेछ । यस पछि वर्षा याममा वाँधका कारण नेपाली भूमि डुवानमा पर्ने चर्चामा रहने सुस्ता क्षेत्रमा गयौं । ३६ ढोका भएको गन्डकको वाँध भव्य रहेछ तर नेपालले यस वाँधबाट फाइदा लिन नसकेको देख्दा भने मन चसक्क भयो ।
के हामीले माल पाएर चाल नपाएको हो वा हामी संग कुनै सामर्थ्य छैन ?, वाँधको डिलमा वसेर स्वयंममा मन्थन गर्न मन लाग्यो । त्यतिका ऐतिहासिक र पौराणिक महत्वले भरिपुर्ण वाल्मीकि आश्रम संरक्षण नपाएर विलखमन्दमा छ ,जाने वाटो खन्न समेत सकेको छैन,यता नारायणी नदीको अथाह पानीले परदेश तर्फर्को धर्ती हराभरा छ,हाम्रो तर्फको खेतले पानी नपाएर उजाड छ, नाममात्रको नहरमा झारपलाएर उराठ छ । मैले ताँही वसेर सम्झँे गत वर्ष हाम्र सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीज्यू ले भानुजयन्तीका अवसरमा रामायणको चर्चा गर्नु भयो, रामको जन्म नेपालकै चितवनको अयोध्यापुरीमा भएको दावी गर्दै यसको पुरातात्वीक खोज गर्ने, भव्य राम मन्दिर वनाउने घोषणा समेत गर्नु भएको छ, तर दुवै देशका पुरातत्वविदबाट आज भन्दा ५० वर्ष अगावै स्वीकार गरिएको वाल्मीकि आश्रमको हालत त्यस्तो छ, त्यसका वारे कुनै ठोस पहल र योजना समेत छैन अहिले सम्म । भएकाको संरक्षण गर्ने योजना देखिदैन नयाँ नयाँ मीठामीठा प्रस्ताव चाँही आईरहेको छ । धर्मलाई अफिम ठान्ने माक्सवादी ‘द्रवन्दात्मक भौतिकवादी दर्शनका’ अनुयायी भएर पनि वँहाले आँफुलाई हालका दिनमा आस्तिक देखाउने प्रयत्न चाँही गरिरहनुभएको छ, । वाल्मीकि आश्रमले रामायण दियो, सन्सारलाई, आदर्श जीवन, सत्य, मर्यादा, भातृत्व, कर्तव्यको ज्ञान दियो, पुरा रघुकूलको इतिहास दियो, रामको चिनारी गरायो, ८८ हजार ऋषिहरुको जमघट गरायो यस्तो वाल्मकिको तपोभूमि, रामको जन्मभूमि भन्दा वढी महत्वको छ कमी छैन । यी सवै गाथाहरुलाई भव्य संरचना निर्माण गरेर चित्रित गर्न सकियो भने, अन्तराष्ट्रियस्तरको धार्मिक तथा पर्यटकीय स्थल वन्ने थियो वाल्मीकि आश्रम । यस क्षेत्रको पुर–ातात्विक खोज गर्ने हो भने इतिहास र पुरानो सभ्यताका वारे धेरै कुरा पत्ता लाग्न सक्ने देिखन्छ । रामका वारे देखउनुभएको चासो राजनीति नभएर साँचो हो भने वँहाकै पहलमा यस आश्रमको संरक्षणको कार्यक्रम अगाडि वढे हुनेथियो ।
भैसालोटनको वाँधमा यस्तै कुरा सोच्दै गर्दा, घुम्दै गर्दा साँझको ५ वजि सकेको थियो तव यो यात्रालाई सम्पन्न गर्दैै, तमसानदीको नजिकै रहेको सुस्ताबाट हामी राजा दशरथको शिकार यात्राको कथा संग जोडिने श्रवणकुमारको आँधीखोलाको िकनारमा अवस्थित वालिङ तर्फ फक्यौं, हाम्रो १ दिने यात्रा सम्पन्न भयो । यात्रा रमाइलो रह्यो । ढीलो चाँडो सवैले यो स्थानको अवलोकन गर्न सकेमा राम्रो हुनेछ । वाल्मीकि आश्रमको जय होस, नेपाल माताको जय होस ।

लेखक अर्याल वालिङ ६ स्याङ्जा निवासी हुनुहुन्छ ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

२०८२ असार १८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal