आयुर्वेद प्रति बढ्दो आकर्षण


स्याङ्जा,७ चैत–केही समय पहिला त्यती चासोको रुपमा नहेरिएको आयुर्वेद उपचार पद्दधती प्रति चासो बढ्दै गएसंगै योग प्रति आकर्षण बढ्न थालेको छ ।
विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलीए संगै नेपालमा आयुर्वेदीक उपचारका साथै योग प्रति बसैेको चासो बढेको पाइन्छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले पनि आयुर्वेदका बारेमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुअ डा सुभद्रा कार्कीले आयुर्वेदको महत्वका बारेमा प्रचारप्रसाको अभावमा ओझेलमा परेपनि कोरोना भाइरसको प्रकोप संगै यसको महत्व झन बढेर गएको बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केंद्र स्याङ्जाको आयोजनामा शुक्रबार देखि तीन दिने आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि योग तालिम सञ्चालन गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आयुर्वेद र योगको महत्व दिनप्रतिदिन बढ्दै गएको र यसको प्रचारप्रसारलाई ब्यापक बनाउनुपर्ने धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको प्रमुख आथित्यतामा भएको कार्यक्रम जिल्ला आयुर्वेद व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । तालिममा डा आनन्द गैह्रेले (पीएचडी योग) प्रशिक्षण दिनुभएको छ ।
जिल्लाको आयुर्वेद सेवा प्रवाहलाई थप प्रभावकारी गराउने उद्देश्यले लागि तालिमको आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal