वालिङमा तिज मेला हुने
वालिङ,२७ साउन– शुक्रबार जनैपुर्णिमा मनाईएको छ । जनैपुर्णिमा शुरु भएपछि नेपालीहरुले मनाउने पर्वहरुको शुरुवात भएको मानिन्छ । यसैक्रममा श्रीकृष्ण जन्माष्टमीका अवसरमा वालिङमा तिज मेला तथा खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ ।
वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले श्रीकृष्ण जन्माष्ठमीको अवसरमा यही भदौ ३ गते वालिङ तिज मेला २०७९ को आयोजना गरेको हो । नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जन्माष्टमीका दिन तिज मेलाको आयोजना गरिएको महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषालले जानकारी दिनुभयो ।
वालिङ स्थित सिटिहलमा हुने तिज मेलामा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ भने स्थानीय कलाकारहरुको गायन तथा नृत्य प्रर्दशन गर्नेछन् । वालिङ उद्योग वाणिज्य संघको महिला उद्यमी समितिले प्रत्येक वर्ष तिजको अवसर पारेर तिज मेलाको आयोजना गर्दै आईरहेको छ ।
तिज महिलाहरुलाई एकिकृत र संगठित बनाउने पर्व भएकाले महिला उद्यमी विकास समितिले प्रत्येक वर्ष तिज मेलाको आयोजना गरि खुल्ला तिज गीत प्रतियोगिता समेत आयोजना गरेको समितिका अध्यक्ष कविता भुषालले बताउनुभयो ।
अध्यक्ष भुषालले भन्नुभयो, ‘तिजको मौलिकतालाई जर्गेना गर्ने र महिला उद्यमीहरुलाई एकिकृत गर्ने, तिज मेला कार्यक्रम जस्ता विभिन्न कार्यक्रमले महिलाहरुलाई शसक्त रुपमा अगाडि बढाउन सहयोग गर्छ ।’
तिज पछिल्लो समय मौलिकतामा भन्दा भडकिलोपनमा अग्रसर भएको देखिएकाले तिजको मौलिक परम्परालाई जोगाउन, समसामयिक घटनाक्रमलाई गितमार्फत प्रस्तुत गर्न, सामाजिक सदभाव बढाउन समितिले तिज मेला कार्यक्रम गर्दै आईरहेको अध्यक्ष भुषालले बताउनुभयो ।
पछिल्लो समय महिलाहरु उद्यमशीलता मार्फत आर्थिक तथा सामाजिक रुपले शसक्त भएको भन्दै यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास लिईएको छ । प्रतियोगितामा पहिलो हुनेले १३ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोे हुनेल ८ हजार र चौथो स्थान प्राप्त गर्नेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुन चाहाने समुहले यही भाद्र २ गतेसम्म उद्योग वाणिज्य संघको सचिवालयमा सम्पर्क गर्न महिला उद्यमी विकास समितिले आग्रह गरेको छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















