शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास

काठमाडौँ,२७ साउन– न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गर्नुभएको हो ।
निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि जानुभएको थियो । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो ।

निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गर्नुभएको थियो । वसन्तपुर डबलीमा अनशन बस्नुभएकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाउनुभएको हो ।

आज (शक्रबार) वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उहाँ एकजना साथीसहित ट्याक्सीमा निस्किनुभएको थियो । बाटोमै निहारिकाले एक लिटर पेट्रोल र लाइटर खरिद गर्नुभयो ।

निहारिका शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अलर्ट अवस्थामा थिए । उहाँले प्रहरीलाई अल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालेर निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लीएर तत्कालै शरीरमा पेट्रोल खन्याएर शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको नेपालप्रेसले समाचारमा उल्लेख गरेको छ ।

प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उहाँलाई महाराजगञ्ज वृत्तमा लगिएको छ । निहारिकाको साथी र छोरा पनि प्रहरी नियन्त्रणमा लिएको छ ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग गर्नुभएको छ ।
यसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गर्दै आउनुभएको छ ।

यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएको थियो । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि निहारिकाले अनशन तोडिएको हो । गृहमन्त्री बालकृष्ण खाँडले जुस पिलाएर अनशन तोडाउनुभएको थियो । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै निहारिकाले आत्मदाहको प्रयास गर्नुभएको हो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal