१ सय ५ वर्षकी डिलाकुमारीको दाँत पलायो
गोपाल जिटी
वालिङ,१३ साउन– मानिसको उमेर १ सय वर्ष नाघेपछि दाँत पलाएका कुराहरु यदाकदा सुन्न पाईन्छ । मानिसको उमेर चरण अनुसार शारीरिक परिवर्तनसँगै स्वभाव पनि त्यही अनुसार विकास हुँदैजान्छ ।
सय वर्ष उमेर पारगरेपछि दाँतहरु पलाउनुका साथै उसको नयाँ जीवनको अनुभूति हुनेगरी शुन्य अवस्थाबाट विकास हुन थाल्छ भन्ने अग्रजहरुबाट बेलाबखत सुन्न पाईन्छ । स्याङ्जा वालिङकी एक वृद्ध महिलाको दाँत पलाएका छन् भने कपाल पनि कालो हुँदै आएको प्रत्यक्ष देख्न पाइँन्छ ।
वालिङ नगरपालिका ११ आमडाँडाकी १ सय ५ वर्षीय डिलाकुमारी खत्रीको अगाडिका दाँतहरु पलाएका छन् । यसैगरी सेताम्मे भएका कपाल पनि कालो हुँदै आएको छ । नागरिकता प्रमाणपत्र अनुसार १९७५ चैत्र ९ गते जन्मनुभएकी डिलाकुमारी घुँडाको समस्याले हिँडडुल गर्न नसके पनि सबैसँग राम्रोसँग कुरा गर्ने क्षमताका साथै जोशिलोपनमा कुनै कमि छैन । यो उमेरमा पनि डिलाकुमारीको अनुहारमा कान्ति, दिल खोलेर हाँस्ने हाँसो, स्पूmर्ति उत्तिकैछन् । यसका साथै आँप्mना बालापनदेखिका कथा व्यथा पोख्ने क्षमता छ । स्थानीय गुप्ते राजादेखि ऐतिहासिक कालखण्डका कुरा सुन्न पाइन्छ डिलाकुमारीबाट । यतिमात्र कहाँ हो र १९९० सालको भूकम्प र उ बेलादेखिका सामाजिक परिवेसका कुरा सुनाउनुहुन्छ । नातिनीको रेखदेखमा रहनुभएकि डिलाकुमारी खलाँति र खलाँतिनीसँग जिस्किन रुचाउनुहुन्छ । अरुको साहरामा भएपनि घर आँगन वरिपरि हिडडुल गर्दा आनन्द र खुसी लाग्छ उहाँलाई ।

खानामा दाल भात तरकारी र रोटी तथा माछा मासु आँफै खाने डिलाकुमारीलाई सामान्य दम बाहेक अन्य कुनै रोग छैन । खानामा अझैपनि विशेषगरी घिउ मनपर्छ । आँखाका शक्ति र कान सुन्ने क्षमतामा पनि कुनै कमि छैन भने बोलिमा रहेको स्पष्टताले सबैलाई चकित पार्छ । डिलाकुमारीका उमेरका अरु धेरै हुनसक्छन् तर यत्तिको तेजोपन विरलै व्यक्तिहरुमा पाइएला भन्ने भेटेपछि स्पष्ट हुन्छ ।
सामान्य परिवारकि डिलाकुमारीमा असामान्य क्षमता र दीर्घजीवनको सफलता देख्न सकिन्छ । भगवानले स्वर्गलोकदेखि उच्च घरानिया तथा सामान्य परिवार अनि समाजमा विभिन्न रुपमा रहेर मानव जगतलाई उत्प्रेरित गरेका कथाहरु विभिन्न पौराणिक पुस्तकहरुमा पढ्न पाइन्छ । यसैगरी हरेक प्राणीको आत्मामा भगवान रहन्छन् भन्ने जनविश्वास छ । यसैको उदाहरणकारुपमा देख्न सकिन्छ डिलाकुमारी खत्रीमा ।
नगरपालिकाले गर्दै आएको जेष्ठ नागरिक सम्मानमा नपर्नुभएकी डिलाकुमारी वत्तीमुनीको अँध्यारोमै हुनुहुन्छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















