मुस्ताङको कागबेनी, खिङगामा टेलिकमको फोरजी सेवा

थम्मन थापा
बागलुङ,१२ साउन– पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गएको छ ।
नेपाल टेलिकमले जिल्लाका अधिकांश भू–भागमा मोवाइल सेवा पु¥याए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो ।

टेलिकमले आफनो सेवालाई जिल्लामा तिब्र रुपमा सेवा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा परिचित कागबेनीदेखि मुक्तिनाथ मन्दिर सम्मको सडकलाई मध्यनजर गर्दै आफनो सेवा विस्तार गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ खिङगामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर एकैसाथ टेलिकमले टुजी र चौँथो पुस्ताको फोरजी मोवाइल सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

मोवाइल सेवा सञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ को खिङगा गाउँ, झारकोट, पुथाक, झोङका झण्डै २ सय घरधुरी सँगै धार्मिक तथा पर्यटकीय गन्तव्य कागबेनीदेखि मुक्तिनाथ मन्दिर सम्मको सडकमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नमस्ते मोवाइलमा भ्वाईस र डाटा चलाउन सहज भएको प्रमुख शर्माले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले भन्नुभयो, “पहिले त्यस क्षेत्रमा टावर नहुँदा हामीलाई सञ्चारको लागि निकै समस्या भएको थियो अहिले टावर सञ्चालनमा आएपछि मोवाइलमा कुराकानी गर्न र ईन्टरनेट चलाउन निकै सहज भएको छ ।” गुरुङले सडकदेखि टावर निर्माण स्थलसम्म उपकरण ढुवानीको लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आवश्यक सहयोग गरेको समेत बताउनुभयो ।

मोवाइल सेवा नहुँदा गाउँपालिकाको वडा नम्बर १ का ४ वटा गाउँका बासिन्दा र यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको वडा अध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । खिङगामा टेलिकमले सोलार सेट मार्फत टावर सञ्चालन गरेको छ ।

यस अघि टुजी र थ्रिजी सेवा मात्र रहेको कागबेनीको टावरमा पनि टेलिकमले फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सुचारु भएपछि त्यस क्षेत्रमा मोवाइल डाटा मार्फत ईन्टरनेट चलाउन र भिओ एलटी मार्फत एचडी कल गर्न सुविधा थप भएको छ ।

त्यस्तै टेलिकमले घरपझोङ गाउँपालिका स्थित जोमसोम रिसोर्टमा रहेको टावरमा फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सञ्चालन भए सँगै रिसोर्ट आसपासमा रहेका बस्तीहरु स्याङ र ठिनीका झण्डै २ सय घरधुरी मोवाइल सेवाबाट लाभान्वित भएका छन ।

यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ छोटेपा क्षेत्रमा पनि टेलिकमले थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ । ५ महिना पहिले टुजी सेवा मात्र उपलब्ध गराएको टेलिकमले त्यहाँ निर्माणाधिन निलगिरी हाईड्रो पावरलाई लक्षित गरि ईन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले थ्रिजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जर्नाको छ ।

अत्यन्तै विकट र दुर्गम भुभाग रहेको उक्त स्थानमा निर्माणाधिन निलगिरी हाईड्रो पावरमा झण्डै १ हजार २ सय मजदुरले काम गरिरहेको हाईड्रो पावरका आवसिय ईन्जिनियर रत्न बमजनले जानकारी दिनुभयो । निलगिरीमा थ्रिजी सेवा सञ्चालन भएपछि त्यहाँ कार्यरत मजदुरहरुलाई मोवाइल डाटा मार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकमले जनाएको छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal