स्याङ्जामा करिब १० हजार सवारी साधन कारबाहीमा, ७१ लाख बढी राजस्व संकलन


कला राना
स्याङ्जा,११ साउन– गत आर्थिक ०७८÷७९ मा स्याङ्जामा करिब १० हजार सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत आर्थिक वर्षमा ९ हजार ९ सय १६ सवारीलाई कारबाही गरेको हो ।
२०७८ को साउनदेखि २०७९ को असारसम्म उक्त संख्यामा सवारी साधन कारबाहीमा पर्दा ७१ लाख ४२ हजार ५सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ४ सय ७६ सवारी साधन कारबाहीमा पर्दा ३ लाख ३७ हजार ५सय राजस्व संकलन भएको छ । त्यस्तै भदौ महिनामा ५ सय ४४ सवारी कारबाहीमा पर्दा ३ लाख ९५ हजार ५ सय अशोजमा ६ सय ८० सवारी कारबाहीमा पर्दा ४ लाख ८४ हजार ५सय रुपैँया राजस्व संकलन भएको छ ।
कार्तिकमा ८ सय १४ सवारी कारबाहीमा पर्दा ६ लाख ६५ हजार, मंसिरमा ६ सय ३९ सवारी कारबाहीमा पर्दा ४ लाख ८५ हजार ५सय पुसमा ७ सय सवारी कारबाहीमा पर्दा ४ लाख ८५ हजार, माघमा ७ सय ५० सवारी कारबाहीमा पर्दा ५ लाख ३१ हजार, फागुनमा ८ सय सवारी कारबाहीमा पर्दा ५ लाख ७१ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै चैतमा ८ सय ५० सवारी कारबाहीमा पर्दा ६ लाख १४ हजार, बैसाखमा ९ सय ५० सवारी कारबाहीमा पर्दा ६ लाख ६४ हजार ५सय जेठमा ११ सय सवारी कारबाहीमा पर्दा ७ लाख ७१ हजार ५ सय र असारमा १६ सय १३ सवारी कारबाहीमा पर्दा ११ लाख ३७ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको अन्तिम महिना असार महिनामा धेरै सवारी कारबाहीमा पर्दा अन्य महिनामा भन्दा असारमा राजस्व संकलनमा वृद्धि भएको छ । कारबाही पर्ने सवारीहरुमा ट्रक, बस, जिप कार भ्यान, ट्याक्टर, मोटरसाईकल लगायत छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय अभियान नै संचालन गरी अगाडि बढेको थियो । सिट क्षमता भन्दा बढी यात्रु राख्ने, लाईसेन्स नभएका, ओभरलोड, ओभर स्पिड, अनावश्यक हर्न, सवारीको अनावश्यक स्वरुप परिर्वतन, गाडीमा अनावश्यक स्टिकर राख्ने, गाडिको अगाडि भागमा झल्लरहरु झुुण्डयाउने, नम्बर प्लेड अस्पष्ठ रहेकालगायतका सवारी कारबाहीमा परेका छन् ।
कार्यालयका प्रमुख कुँवरका अनुसार असार महिनामा दुर्घटना न्युनिकरणका लागी विशेष गरी ठुला सवारी साधन तथा चारपाङ्गे्र सवारी साधनमा अनावश्यक रुपमा सिसा नदेखिने गरी झल्लर झुण्डाउने, डबल मिनिङ लाग्ने सायरीहरु लेखिएका, अनावश्यक पोष्टरहरु हटाउने अभियान संचालन गरिएको थियो । यस्ता गतिविधिले अगाडिको भाग नदेखिँदा दुर्घटना बढ्ने, दोहोरो अर्थ लाग्ने सायरीहरुले सामाजिक सदभावमा खलल आउने, लैंगिक हिंसामा बढवा दिने भन्दै प्रहरीले अभियान संचालन गरेको थियो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal