नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा खेलमैदानको निरिक्षण

वालिङ,१२ साउन– गण्डकी प्रदेशमा आयोजना हुन गहिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप बिहिबार स्याङ्जाको वालिङमा खेलमैदानको निरिक्षण गरिएको छ ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा संचालन गरिने खेलहरु मध्ये केही खेलहरु स्याङ्जाको वालिङमा संचालनको माग भएपछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलकुद व्यवस्थापन उपसमितिका संयोजक राजेस गुरुङ सहितको टोलीले वालिङ खेलमैदानका साथै भुण्डे स्थित फुलबारीमा रहेको कभर्ड हलको निरिक्षण गरेको छ ।

निरिक्षण पश्चात वालिङ नगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रममा सहभागिहरुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतका खेलहरु मध्ये महिला फुटवल, मार्सल आर्ट, प्यारागलाईडिङ र क्रिकेट लगायतका खेलहरु स्याङ्जामा आयोजना गर्न सहभागिहरुले माग गरेका थिए ।
महिला फुलबलमा स्याङ्जा जिल्लाले देशकै नाम राख्ने काम गरेकोले पनि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्याङ्जाको वालिङमा रहेको खेल मदानमा प्रतियोगिता संचालन गर्न सकिने भएकोले प्रतियोगिताका केही खेलहरु वालिङमा हुनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलकुद व्यवस्थापन उपसमितिका संयोजक राजेस गुरुङले आफुहरुले सकेसम्म वालिङमा प्रतियोगिताका केही खेलहरु संचालनको लागि पहल गर्ने बताउदै खेलको लागि आवश्यक पर्ने संरचना तयार गर्नको लागि स्थानीयपालिकाहरुको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्नु आफैमा चुनौतिपूर्ण रहेकोले सबैको प्रयासबाट मात्रै सफल हुने भएकोले प्रतियोगिताको तयारीमा जुटन समेत आग्रह गर्नुभयो ।

वालिङमा प्रतियोगिता संचालन गर्न सके जिल्लाकै लागि एउटा गौरवको विषय हुने भएकाले यहाँका होटल व्यावसायीका साथै बुद्धिजिवी व्यापारी एवं स्थानीय सबै व्यवस्थापनको कार्यमा योजना बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलिपप्रताप खाँण, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलकुद व्यवस्थापन उपसमितिका सचिव कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङ, वालिङ नगरपालिकाका प्रबक्ता एवं वडा नम्बर १ का अध्यक्ष पदमराज गुरुङ, वडा नम्बर ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतले बोल्नुभएको थियो । वालिङ नगरपालिकाको तर्फबाट निमित्त प्रशासकीय प्रमुख ज्ञानप्रसाद अर्यालले वालिङमा आयोजना हुने प्रतियोगिताको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद गुरुङ (मोहन) ले स्याङ्जामा प्रतियोगिता संचालनको लागि कुनै पनि समस्या नहुने बताउदै खेलाडि र खेलको व्यवस्थापनका लागि स्थानीय पालिका र जिल्ला बासी सबै संग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal