नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वालिङमा खेलमैदानको निरिक्षण

वालिङ,१२ साउन– गण्डकी प्रदेशमा आयोजना हुन गहिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप बिहिबार स्याङ्जाको वालिङमा खेलमैदानको निरिक्षण गरिएको छ ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा संचालन गरिने खेलहरु मध्ये केही खेलहरु स्याङ्जाको वालिङमा संचालनको माग भएपछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलकुद व्यवस्थापन उपसमितिका संयोजक राजेस गुरुङ सहितको टोलीले वालिङ खेलमैदानका साथै भुण्डे स्थित फुलबारीमा रहेको कभर्ड हलको निरिक्षण गरेको छ ।

निरिक्षण पश्चात वालिङ नगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रममा सहभागिहरुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतका खेलहरु मध्ये महिला फुटवल, मार्सल आर्ट, प्यारागलाईडिङ र क्रिकेट लगायतका खेलहरु स्याङ्जामा आयोजना गर्न सहभागिहरुले माग गरेका थिए ।
महिला फुलबलमा स्याङ्जा जिल्लाले देशकै नाम राख्ने काम गरेकोले पनि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्याङ्जाको वालिङमा रहेको खेल मदानमा प्रतियोगिता संचालन गर्न सकिने भएकोले प्रतियोगिताका केही खेलहरु वालिङमा हुनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवं नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलकुद व्यवस्थापन उपसमितिका संयोजक राजेस गुरुङले आफुहरुले सकेसम्म वालिङमा प्रतियोगिताका केही खेलहरु संचालनको लागि पहल गर्ने बताउदै खेलको लागि आवश्यक पर्ने संरचना तयार गर्नको लागि स्थानीयपालिकाहरुको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्नु आफैमा चुनौतिपूर्ण रहेकोले सबैको प्रयासबाट मात्रै सफल हुने भएकोले प्रतियोगिताको तयारीमा जुटन समेत आग्रह गर्नुभयो ।

वालिङमा प्रतियोगिता संचालन गर्न सके जिल्लाकै लागि एउटा गौरवको विषय हुने भएकाले यहाँका होटल व्यावसायीका साथै बुद्धिजिवी व्यापारी एवं स्थानीय सबै व्यवस्थापनको कार्यमा योजना बनाएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलिपप्रताप खाँण, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलकुद व्यवस्थापन उपसमितिका सचिव कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङ, वालिङ नगरपालिकाका प्रबक्ता एवं वडा नम्बर १ का अध्यक्ष पदमराज गुरुङ, वडा नम्बर ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतले बोल्नुभएको थियो । वालिङ नगरपालिकाको तर्फबाट निमित्त प्रशासकीय प्रमुख ज्ञानप्रसाद अर्यालले वालिङमा आयोजना हुने प्रतियोगिताको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद गुरुङ (मोहन) ले स्याङ्जामा प्रतियोगिता संचालनको लागि कुनै पनि समस्या नहुने बताउदै खेलाडि र खेलको व्यवस्थापनका लागि स्थानीय पालिका र जिल्ला बासी सबै संग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal