निस्ति नहरमा पहिरो, रामपुरका किसानले धान रोप्न पाएनन्
गोपाल जिटी
स्याङ्जा,७ साउन– पाल्पाको रामपुरमा किसानहरुले अहिले सम्म रोपाइँ गर्न पाएका छैनन् । अरुबेला रोपाइँ सकिने बेला हुन लाग्दा समेत यस वर्ष यहाँका किसानले खेत बाँझै राख्न बाध्य भएकाछन् । निस्तिखोलाबाट सिंचाइको लागि ल्याएको नहरमा पहिरो खसेर पानी अबरुद्ध हुँदा रामपुरका किसानको रोपाइँ प्रभावित भएको हो । गत असार २५ गते गएको पहिरोले नहरमा क्षती पुर्याएपछि अहिले सम्म नहर सञ्चालनमा आउँन सकेको छैन भने नहरमा पानी नआउँदा किसानहरु मर्कामा परेका हुन् ।
पहिरो खस्नुभन्दा अगाडि रोपेका धान सुक्ने अवस्थामा पुगेका छन् भने करिव ६० प्रतिशत खेतमा रोपाइँको काम बाँकि छ । अहिले रामपुर सिंचाई नहर समितिले उपभोक्ताको सहायतामा पहिरो फाल्ने प्रयास भैरहे पनि अझै एक साता नहरमा पानी हाल्न नसकिने समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताउनुभयो । उपभोक्ताका साथै नेपाली सेना तथा नेपाल प्रहरीले पनि पहिरो फाल्न सहयोग गरिरहेको अध्यक्ष रेग्मीले जानकारी बताउनुभयो । विगतका वर्षहरुमा वर्षातको समयमा बाढीका कारण छिटपुट समस्या हुने गरे पनि यसरी पहिरो गएर रोपाइँ गर्न नपाएको भने यो पहिलो घटना भएको रेग्मीको भनाइ रहेको छ ।
२०४६ सालदेखि सञ्चालनमा आएको नहरले रामपुर फाँटमा सिंचाइँ हुँदै आएको हो । यो नहरले नै रामपुर फाँट हराभरा भएको हो । अध्यक्ष रेग्मीले भन्नुभयो, “यदि यो नहरबाट सिंचाइँ नभएको भए रामपुरका ९० प्रतिशत नागरिक विस्थापित हुने अवस्था थियो । पहिरो रोकथाम र केही कमजोर ठाउँमा वाल लगाउने काम हुन नसके रामपुरवासीमा ठूलो समस्या आउँनसक्छ । ”रामपुर सिंचाइँ नहरबाट झण्डै १२ सय हेक्टर जमिनमा सिंचाई हुन्छ भने २०७८ को आँकडा अनुसार करिव ५ हजार घरधुरी यसैमा आश्रित छन् ।
रामपुर फाँटदेखि २५ किलोमिटर दक्षिण निस्तिखोलामा नहरको बाँध बनाइएकोे छ । अहिले नहरको बाँधदेखि साडे दुई किलोमिटर पूर्व रामपुर नगरपालिका ३ छादि पाखामा पहिरो गएको हो । आकासे पानीको भरमा खेती गरेर खान सम्भव छैन, यही नहरको भरमा हामी किसानहरु आश्रित छौं । यदि सिंचाईको व्यवस्था हुन सकेन भने जटिल अवस्था आउने इस्लामपुरका किसान महमद अलिको दुखेसो छ ।
यस्तै सिंचाई आयोजना शाखा ४ का किसान कृष्ण घिमिरे भन्नुहुन्छ रामपुरवासीको आधार बनेको नहरमा ठुलो पहिरोका कारण समयमा वर्षे खेती लगाउन नपाउँदा निरास बनाएको छ, ।
स्थलगत अवलोकन गरिसकेका छौं, यतिबेला नगरपालिकाको खाता सञ्चालनको अवस्था नभएको हुँदा तत्काल आर्थिक सहयोग गर्न नसकिने नगरपालिकाका प्रशासकीय अधिकृत गङ्गा सुवेदीले बताउनुभयो । नहर समितिले काम गराइरहेकाले पछि सहयोग गर्ने आश्वासन दिएको अधिकृत सुवेदीको भनाई छ । नगरपालिकाबाट नगरप्रमुख, प्रशासकीय अधिकृतसहितको टोलीले स्थलगत अवलोकन गरेर आर्थिक सहयोग गर्ने आश्वासन मात्र दिएको छ पहिरो फाल्न तदारुक्ता नदेखाएको सिंचाई आयोजना ५ नम्वर शाखाका अध्यक्ष रामभक्त भट्टराईको गुनासो छ ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















