पुतलीबजारमा टोल–टोल नर्सरी


स्याङ्जा,७ साउन–पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार १ मा नर्सरी ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

लालिममा पुतलीबजार १ का १५ वटा टोलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । प्रत्येक टोलमा एक तरकारी नर्सरी स्थापना गर्ने र सो नर्सरीबाट उत्पादित बिरुवा सबै घरधुरीमा पुराई करेसाबारीबाट तरकारी उत्पादनमा हरेक घरधुरीलाई आत्मनिर्भर बनाउन पहल गरिने कार्यक्रमको उद्देश्य रहेको छ ।

यस कार्यक्रम अन्तरगत सबै टोललाई निशुल्क बीउ विजन र तरकारी नर्सरीका लागि आवश्यक सामाग्री उपलब्ध गराईनेछ । तालिम नगरपालिकाका २ सय ९५ वटै टोलका प्रतिनिधिलाई १४ वटै वार्डमा गएर संचालन गरिने सूर्योदय क्लवले जनाएको छ ।

कार्यक्रमले हरेक घरमा तरकारीको केही प्रतिशत हिस्सा भएपनि पूर्ति गराई आयात प्रतिस्थापन हुन मद्दत पुग्ने पुलतीबजार १ का वडा अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताउनु भयो । सूर्योदय क्लका अध्यक्ष अनन्तकुमार श्रेष्ठले परियोजना अन्तरगत संचालन हुने कार्यक्रमको जानकारी गराउदै हरेक घर उत्पादनको ईकाई हुनु पर्ने बताउनु भयो । तालिममा सैद्धान्तिक ज्ञानका साथै प्रोगात्मक रुपमा समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रम संयोजक पुजा अर्याल, गोविन्द शर्मा, कृषि प्राविधिक प्रेम रेग्मी पुतलीबजार नपाका कृषि प्राबिधिक भुपेन्द्र वलिले सहजिकरण गर्नु भएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal