पुतलीबजारमा टोल–टोल नर्सरी


स्याङ्जा,७ साउन–पुतलीबजार नगरपालिका र यूएनडिपिको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरूत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार १ मा नर्सरी ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

लालिममा पुतलीबजार १ का १५ वटा टोलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । प्रत्येक टोलमा एक तरकारी नर्सरी स्थापना गर्ने र सो नर्सरीबाट उत्पादित बिरुवा सबै घरधुरीमा पुराई करेसाबारीबाट तरकारी उत्पादनमा हरेक घरधुरीलाई आत्मनिर्भर बनाउन पहल गरिने कार्यक्रमको उद्देश्य रहेको छ ।

यस कार्यक्रम अन्तरगत सबै टोललाई निशुल्क बीउ विजन र तरकारी नर्सरीका लागि आवश्यक सामाग्री उपलब्ध गराईनेछ । तालिम नगरपालिकाका २ सय ९५ वटै टोलका प्रतिनिधिलाई १४ वटै वार्डमा गएर संचालन गरिने सूर्योदय क्लवले जनाएको छ ।

कार्यक्रमले हरेक घरमा तरकारीको केही प्रतिशत हिस्सा भएपनि पूर्ति गराई आयात प्रतिस्थापन हुन मद्दत पुग्ने पुलतीबजार १ का वडा अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताउनु भयो । सूर्योदय क्लका अध्यक्ष अनन्तकुमार श्रेष्ठले परियोजना अन्तरगत संचालन हुने कार्यक्रमको जानकारी गराउदै हरेक घर उत्पादनको ईकाई हुनु पर्ने बताउनु भयो । तालिममा सैद्धान्तिक ज्ञानका साथै प्रोगात्मक रुपमा समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रम संयोजक पुजा अर्याल, गोविन्द शर्मा, कृषि प्राविधिक प्रेम रेग्मी पुतलीबजार नपाका कृषि प्राबिधिक भुपेन्द्र वलिले सहजिकरण गर्नु भएको थियो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal