गठबन्धनको चिन्ताले मुलुक बरबाद पार्न पाइदैनः एमाले सचिव अर्याल

हिमलाल पराजुली
स्याङ्जा,७ साउन– नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवशको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा गल्याङमा ओयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमाले सचिव अर्यालले सो कुरा बताउनुभएको हो ।

देशको अर्थिक अवस्था चौपट हुने दिशा तर्फ गहिरहेका बेला देशका प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर देशको प्रमुख समस्या समाधान गर्नुपर्नेमा केही ठुला राजनीतिक दलहरुको देशको भन्दा दलिय चिन्ताका कारण गठबन्धनमा लागेर देशको प्रमुख समस्यालाई नजरअन्दाज गरेको बताउनुभयो ।
नेतृ अर्यालले भन्नुभयो, “मुलुकको अर्थतन्त्र धारासाही बन्दै गएको छ, महंगीले जनताको ढाड सेकेको छ । ठुला दलका नेताहरुलाई गठबन्धनको मात्रै चिन्ता छ, गठबन्धनको चिन्ताले मुलुक र जनताको जीवनलाई चौपट पार्न पाइदैन ।” खेती लगाउने बेलामा किसानलाई मल खै ? विद्यार्थीलाई पुस्तक र जनतालाई सहज खालको जीवन जिउने वातावरण बनाउने तर्फ गठबन्धनको ध्यान जानु पर्दैन अर्यालको प्रश्न थियो ।

गठबन्धनको मात्रै चिन्ताले मुलुक र जनताको जीवनलाई चौपट पार्न नपाइने नेकपा एमालेको धारणा रहेको बताउदै अहिलेको अवस्थामा देशका सबै राजनीतिक दलहरु गम्भिर भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । दलिय एकताले मात्रै नेपालका ठुलाठुला परिवर्तनहरु सफल भएको बताउदै अर्यालले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विचार र सिद्धान्तहरुको सन्दर्भीकता झनै बढेर गएको र मुलुक पुष्लालको विचारमा अगाडी बढेको छ ।, मुलुकको राजनीतिक परिर्वतनको लागि संयुक्त जनआन्दोलन विना मुलुकमा परिवर्तन हुन सक्दैन भन्ने मान्यताले सार्थकता प्राप्त गरेको छ ।” मुलुकबाट राणा, पञ्चायत र राजा दलहरुको संयुक्त अन्दोलनका बलमा मात्रै फेकिएकोले नै पुष्पलालका विचारहरु कति दुरदर्शी रहेछन् भन्ने कुराको पुष्टि भएको नेतृ अर्यालको भनाइ थियो ।

पुष्पलाले रोपेको फूल अहिले देशैभरि फैलीएको छ र ६ जनाले स्थापना गरेको पार्टीमा अहिले लाखौ लाखको हातमा कम्युनिष्ट पार्टीको झण्डा पुगेको उहाँले बताउनुभयो । पुष्पलालको आदर्श समाजको बिभेद अन्त्य गरेर समतामुलक समाजको निर्माण गर्ने । समानुपातिक सहभागिता राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना संगै पिछडिएको समुदायलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने कुरा समानुपातिक सहभागिताको कुरा संविधानमा उल्लेख गरिएको बताउदै पुष्पलालको विचारलाई पछिल्लो समय मदन भण्डारी, मनमोहन अधिकारी हुदै अहिले केपी शर्मा ओलीले नेतृत्व गरेको अर्यालले बताउनुभयो ।

देशमा रानैतिक परिवर्तनको लागि अघिल्लो पुस्तको ठुलो भुमीका रहेको र अबकोे पुस्ताले आर्थिक रुपान्तरणको अभियानमा अगाडी बढेर सो जिम्मेवारीलाई पुरा गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा अर्यालले भन्नुभयो, “स्थानीय तहको निर्वाचन सम्पन्न भएको र त्यसले नेकपा एमाले विरुद्ध पाँच दलीय गठबन्धनले सत्ताको दुरुपयोग गरे पनि एमाले मुलुकको ठुलोपार्टी हो भन्ने कुरा स्थापीत गरेको छ । यसमा गर्भ गर्नुपर्छ ।” एमाले रहेसम्म एकलै लड्न नसक्ने भएकोले एमालेका विरुद्धमा गठबन्धन गरिएको अर्याललको भनाइ थियोे ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal