निस्ति नहरमा पहिरो, रामपुरका किसानले धान रोप्न पाएनन्
गोपाल जिटी
स्याङ्जा,७ साउन– पाल्पाको रामपुरमा किसानहरुले अहिले सम्म रोपाइँ गर्न पाएका छैनन् । अरुबेला रोपाइँ सकिने बेला हुन लाग्दा समेत यस वर्ष यहाँका किसानले खेत बाँझै राख्न बाध्य भएकाछन् । निस्तिखोलाबाट सिंचाइको लागि ल्याएको नहरमा पहिरो खसेर पानी अबरुद्ध हुँदा रामपुरका किसानको रोपाइँ प्रभावित भएको हो । गत असार २५ गते गएको पहिरोले नहरमा क्षती पुर्याएपछि अहिले सम्म नहर सञ्चालनमा आउँन सकेको छैन भने नहरमा पानी नआउँदा किसानहरु मर्कामा परेका हुन् ।
पहिरो खस्नुभन्दा अगाडि रोपेका धान सुक्ने अवस्थामा पुगेका छन् भने करिव ६० प्रतिशत खेतमा रोपाइँको काम बाँकि छ । अहिले रामपुर सिंचाई नहर समितिले उपभोक्ताको सहायतामा पहिरो फाल्ने प्रयास भैरहे पनि अझै एक साता नहरमा पानी हाल्न नसकिने समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताउनुभयो । उपभोक्ताका साथै नेपाली सेना तथा नेपाल प्रहरीले पनि पहिरो फाल्न सहयोग गरिरहेको अध्यक्ष रेग्मीले जानकारी बताउनुभयो । विगतका वर्षहरुमा वर्षातको समयमा बाढीका कारण छिटपुट समस्या हुने गरे पनि यसरी पहिरो गएर रोपाइँ गर्न नपाएको भने यो पहिलो घटना भएको रेग्मीको भनाइ रहेको छ ।
२०४६ सालदेखि सञ्चालनमा आएको नहरले रामपुर फाँटमा सिंचाइँ हुँदै आएको हो । यो नहरले नै रामपुर फाँट हराभरा भएको हो । अध्यक्ष रेग्मीले भन्नुभयो, “यदि यो नहरबाट सिंचाइँ नभएको भए रामपुरका ९० प्रतिशत नागरिक विस्थापित हुने अवस्था थियो । पहिरो रोकथाम र केही कमजोर ठाउँमा वाल लगाउने काम हुन नसके रामपुरवासीमा ठूलो समस्या आउँनसक्छ । ”रामपुर सिंचाइँ नहरबाट झण्डै १२ सय हेक्टर जमिनमा सिंचाई हुन्छ भने २०७८ को आँकडा अनुसार करिव ५ हजार घरधुरी यसैमा आश्रित छन् ।
रामपुर फाँटदेखि २५ किलोमिटर दक्षिण निस्तिखोलामा नहरको बाँध बनाइएकोे छ । अहिले नहरको बाँधदेखि साडे दुई किलोमिटर पूर्व रामपुर नगरपालिका ३ छादि पाखामा पहिरो गएको हो । आकासे पानीको भरमा खेती गरेर खान सम्भव छैन, यही नहरको भरमा हामी किसानहरु आश्रित छौं । यदि सिंचाईको व्यवस्था हुन सकेन भने जटिल अवस्था आउने इस्लामपुरका किसान महमद अलिको दुखेसो छ ।
यस्तै सिंचाई आयोजना शाखा ४ का किसान कृष्ण घिमिरे भन्नुहुन्छ रामपुरवासीको आधार बनेको नहरमा ठुलो पहिरोका कारण समयमा वर्षे खेती लगाउन नपाउँदा निरास बनाएको छ, ।
स्थलगत अवलोकन गरिसकेका छौं, यतिबेला नगरपालिकाको खाता सञ्चालनको अवस्था नभएको हुँदा तत्काल आर्थिक सहयोग गर्न नसकिने नगरपालिकाका प्रशासकीय अधिकृत गङ्गा सुवेदीले बताउनुभयो । नहर समितिले काम गराइरहेकाले पछि सहयोग गर्ने आश्वासन दिएको अधिकृत सुवेदीको भनाई छ । नगरपालिकाबाट नगरप्रमुख, प्रशासकीय अधिकृतसहितको टोलीले स्थलगत अवलोकन गरेर आर्थिक सहयोग गर्ने आश्वासन मात्र दिएको छ पहिरो फाल्न तदारुक्ता नदेखाएको सिंचाई आयोजना ५ नम्वर शाखाका अध्यक्ष रामभक्त भट्टराईको गुनासो छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















