स्वस्थ खाद्यले मात्रै हामी स्वस्थः नगरप्रमुख खाँण

वालिङ,२७ असार– वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्वस्थ खाद्य भएमा मात्रै हामी स्वस्थ रहन सक्ने बताउनुभएको छ ।सोमबार वालिङमा होटल व्यवसायीका लागि खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सो कुरा बताउनुभएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजना तथा राष्ट्रिय उपभोक्त मञ्च स्याङ्जाको समन्वयमा वालिङ ६ मिर्दिमा गरिएको कार्यक्रममा नगरप्रमुख खाँणले भन्नुभयो, “हामीले खाने हरेक खाद्य वस्तु स्वच्छ हुन आवश्यक छ, स्वस्थ नागरिकको आधार नै स्वच्छ खाद्य वस्तु हो ।”
खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखराले वालिङमा आयोजना गरेको यो कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै खाद्य स्वस्छताका लागि नगरपालिकाले समेत आगामी आर्थिक वर्ष २०७९÷०८० को शुरुवातमै वालिङमा अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै लैजाने र सोही अनुसारको कार्यक्रम अगाडि बढाउने नगरप्रमुख खाँणले बताउनुभयो । होटल व्यवसायीहरुलाई आवश्यक ज्ञान दिनका लागि आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रमले यहाँका होटलहरु झनै व्यवस्थित र स्वस्छ हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले होटल तथा रष्टुरामा खाद्य स्वस्छता कायम गर्न अपनाउनुपर्ने सर्तहरु,खाद्य वस्तु फ्रिजमा राखदा ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताको अधिकार सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजि बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत राष्ट्रिय उपभोक्ता मञ्च वालिङ नगरसंयोजक कला राना र खाद्य निरिक्षक अशोक गौतमले गर्नुभएको थियो । कार्यक्रममा वालिङका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal