नेतृत्व विकासमा सहकार्य गर्न तयारछौँः अस्ट्रेलियन राजदूत भल्क


मणी अर्याल
वालिङ,२८ असार– नेपालका लागि अस्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अस्ट्रेलिया तयार रहेको बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानिय सरकारको सफलता देखिने बताउनुभएको हो । उहाँले अस्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

नागरिकको समृद्धिको लागि विचार तथा कार्यगत योजनाहरुको पारस्परिक रुपमा लेनदेन हुन आवश्यक रहेको उल्लेख गर्दै राजदूत भल्कले अस्ट्रेलियाका विभिन्न स्थानिय तहहरुमा पनि वालिङ नगरपालिकाले लागु गरेका विकासका मोडेलहरु अवलम्बन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा निर्वाचित भएको छोटो समयमा नै नेपालका लागि अस्टे«लियन राजदूत सँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नगरप्रमुख खाँणले यसप्रकारका भेटघाटले शिष्टाचार सम्बन्ध र दिगो मित्रतामा थप टेवा पुग्ने विश्वास समेत व्याक्त गर्नुभयो ।

वालिङ नगरपालिका र दी एसिया फाउण्डेशन बीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको उल्लेख गर्दै नगरप्रमुख खाँणले आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा राख्नुभयो । नगरप्रमुख खाँणले अस्ट्रेलियाको संघीयता कार्यान्वयनको सिकाईलाई आदानप्रदान गर्नका लागि त्यहाँका सफल स्थानिय सरकारहरुसंग भगिनी सम्बन्ध स्थापित गरेर अस्टे«लिया र वालिङ नगरपालिकाको प्रगाढ सम्बन्धको निरन्तरता दिने चाहना व्यक्त गर्नुभयो ।

वालिङ नगरपालिकाका उप्रमुख कविता तिवारी तथा कार्यपालिका सदस्यहरुले महिलाहरुको नेतृत्व क्षमताको विकासमा अभिवृद्धिको लागि राजदूत भल्कसँग अन्तक्र्रिया गरेका गरेका थिए । नगर उपप्रमुख तिवारीले महिला सक्षमता कार्यक्रमको लागि अस्ट्रेलिया सरकारको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

साक्षात्कार कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वालिङ नगरपालिकाले नागरिकको समृद्धिको लागि गरेका कामहरुको संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले वालिङ नगरपाकिाले गरेका फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरुको व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले नागरिकको सेवा प्रवाहलाई सहज बनाउन मोबाइल एप्स तथा सूचना प्रविधिको प्रयोगलाई महत्व दिइएको बताउनुभयो ।
राजदूत भल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेशन सेन्टर, फोहोरमैला व्यवस्थापन केन्द्र लगायतको अवलोकन गर्नुभएको थियो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal