नेतृत्व विकासमा सहकार्य गर्न तयारछौँः अस्ट्रेलियन राजदूत भल्क


मणी अर्याल
वालिङ,२८ असार– नेपालका लागि अस्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अस्ट्रेलिया तयार रहेको बताउनुभएको छ । वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानिय सरकारको सफलता देखिने बताउनुभएको हो । उहाँले अस्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

नागरिकको समृद्धिको लागि विचार तथा कार्यगत योजनाहरुको पारस्परिक रुपमा लेनदेन हुन आवश्यक रहेको उल्लेख गर्दै राजदूत भल्कले अस्ट्रेलियाका विभिन्न स्थानिय तहहरुमा पनि वालिङ नगरपालिकाले लागु गरेका विकासका मोडेलहरु अवलम्बन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकामा नयाँ जनप्रतिनिधिको रुपमा निर्वाचित भएको छोटो समयमा नै नेपालका लागि अस्टे«लियन राजदूत सँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नगरप्रमुख खाँणले यसप्रकारका भेटघाटले शिष्टाचार सम्बन्ध र दिगो मित्रतामा थप टेवा पुग्ने विश्वास समेत व्याक्त गर्नुभयो ।

वालिङ नगरपालिका र दी एसिया फाउण्डेशन बीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको उल्लेख गर्दै नगरप्रमुख खाँणले आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा राख्नुभयो । नगरप्रमुख खाँणले अस्ट्रेलियाको संघीयता कार्यान्वयनको सिकाईलाई आदानप्रदान गर्नका लागि त्यहाँका सफल स्थानिय सरकारहरुसंग भगिनी सम्बन्ध स्थापित गरेर अस्टे«लिया र वालिङ नगरपालिकाको प्रगाढ सम्बन्धको निरन्तरता दिने चाहना व्यक्त गर्नुभयो ।

वालिङ नगरपालिकाका उप्रमुख कविता तिवारी तथा कार्यपालिका सदस्यहरुले महिलाहरुको नेतृत्व क्षमताको विकासमा अभिवृद्धिको लागि राजदूत भल्कसँग अन्तक्र्रिया गरेका गरेका थिए । नगर उपप्रमुख तिवारीले महिला सक्षमता कार्यक्रमको लागि अस्ट्रेलिया सरकारको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

साक्षात्कार कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वालिङ नगरपालिकाले नागरिकको समृद्धिको लागि गरेका कामहरुको संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले वालिङ नगरपाकिाले गरेका फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरुको व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले नागरिकको सेवा प्रवाहलाई सहज बनाउन मोबाइल एप्स तथा सूचना प्रविधिको प्रयोगलाई महत्व दिइएको बताउनुभयो ।
राजदूत भल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेशन सेन्टर, फोहोरमैला व्यवस्थापन केन्द्र लगायतको अवलोकन गर्नुभएको थियो ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम

२०८२ असार ३ गते, मंगलवार

गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड

२०८२ असार ३ गते, मंगलवार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal