वालिङमा युआरएलको प्रयोगशालामा स्वास्थ्य परिक्षण भएपछि सेवाग्राही खुसी

वालिङ,२७ असार– भनिन्छ स्वास्थ्य मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । आजभोली मानिसले कल्पना गरेभन्दा भिन्न खालका रोगहरुले गर्दा हरेक मानिस आफ्नो स्वास्थ्य प्रति सचेत बन्दै गएको पाइन्छ ।

मानिसले आफ्नो स्वास्थ्यमा समस्या नआएसम्म स्वास्थ्य परिक्षण नगर्ने बानीमा अहिले भने निकै परिवर्तन आएको छ । अहिले मानिहरु शरिर सामान्य रहेको अवस्थामा पनि अस्पतालमा गएर आफ्नो स्वास्थ्य परिक्षण गर्ने र चिकित्सक संग प्रामर्श गरेर आफ्नो स्वास्थ्यको अवस्थाका बारेमा जानकार हुने क्रम बढ्दै गएको पाईन्छ । सर्वसाधारणको स्वास्थ्य प्रतिको चासो र समस्यामा वालिङमा अत्याधुनीक प्रविधि सहितको प्रयोगशाला युआरएल सञ्चालनमा आए संगै सर्वसाधारण जनताले राहत महसुस गरेकाछन् । प्रयोगशाला संग सम्बन्धीत परिक्षणको लागि पोखरा जानुपर्ने बाध्यताको यो प्रयोगशालाको स्थापना संगै अन्त्य भएको छ ।

कतिपय बिरामीले खालिपेटमा परिक्षण गर्नुपर्ने अवस्थामा वालिङदेखि खालिपेट पोखरा जादा निकै समस्या भोग्नु पर्ने हुन्छ । वालिङ १० तल्लो वालिङमा युआरएल प्रयोगशाला सञ्चालनमा आए संगै प्रयोगशाला संग सम्बन्धीत परिक्षण हुनेहुदा स्थानिय बासिन्दालाई निकै सहयोग पुगेको छ ।
युआरएल प्रयोगशालाको परिक्षण भरपर्दो भएकोले स्थानिय बासिन्दालाई सहज भएको वालिङ ८ का युवराज पाठकले बताउनुभयो । यस ल्याबमा क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गैला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जीको जाँच सहित होलबोडीको परिक्षण हुने प्रयोगशालाका इन्चार्ज जयप्रकाश ठाकुरले जानकारी दिनुभयो ।

०७८ चैत १ गते वालिङमा युआरएल स्थापना भएको र प्रयोगशालामा स्वास्थ्य परिक्षणको लागि आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको इन्चार्ज ठाकुरले बताउनुभयो । वालिङबाट बिहानै पोखरा पुगेर अस्पतालमा प्रयोगशाला संग सम्बन्धित परिक्षण गरेर चिकित्सकलाई रिपोर्ट देखाएर घर फर्किन ढिला हुदा बिभिन्न किसिमका समस्या भोगदै आएका बिरामीले वालिङमै प्रोगशालामा परिक्षण गरेर जादा युआरएलको रिर्पोटलाई अस्पतालहरुले मान्यता दिने गरेको र यसले निकै सहज भएको सेवाग्राहीहरुले बताउने गरेकाछन् ।

युआरएल वालिङले बिरामीको अवस्था हेरी घरमै पुगेर सेवा समेत दिदै आएको जनाएको छ । प्रयोगशालामा इन्चार्ज जयप्रकाश ठाकुर सहित ६ जना कार्यरत रहेकाछन् । स्याङ्जाको जिल्ला सदरमुकाम पुतलीबजारमा पनि युआरएलको प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal