जागिरे जीवन छाडेर उद्यमशीलतामा
कला राना
वालिङ,२७ असार– अर्जुनचौपारीका एक युवाले जागिरे जीवन छाडेर उद्यमशीलतामा लाग्नुभएको छ । अर्जुनचौपारी गाउँपालिका २ लामडाँडाका युवा गंगा गुरुङले ४ वर्ष शिक्षक र ५ वर्ष प्राविधिक सहयाकको रुपमा काम गरे पनि आफैले केहि गर्नुपर्छ भन्ने सोचका साथ जागिरे जीवन लाई बिट मार्दै व्यवासयिक मौरी पालनमा लाग्नुभएको हो ।
विगत ५ वर्षदेखि गुरुङ व्यवसायिक मौरीपालनमा व्यस्त हुनुहुन्छ । ९ वर्ष जागिरे जीवनको अनुभुत गर्नुभएका गुरुङलाई मौरीपालनमा लाग्न भने आफनै सहपाठीले प्रेरित गर्नुभएको हो । भीरकोटमा लामो समयदेखि मौरीपालन गर्दै आउनुभएका रत्न गुरुङको घरमा आउजाउ गर्ने क्रममा उहाँलाई पनि मौरीपालनमा व्यावसायमा लाग्न प्रेरित गरेको हो । गुरुङले भन्नु्भयो, ‘विगतको समयमा त गाउँमा मौरी पालेर के हुन्छ र भन्ने थियो तर अहिले विस्तारै मानिसमा चेतनाको विकास भएको छ । मौरी पालनबाट पनि राम्रो आम्दानी गर्न सकिँदो रहेछ भन्ने बुझेका छन् ।’
जागरि भन्दा सानो भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने लागेर उहाँले गाउँमा पसल समेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पसलसंगै मौरीलाई समेत प्राथामिकतामा राख्नुभएको छ । शुरुमा ११ घारमा सुरु गर्नुभएका गुरुङको घरवरिपरि अहिले ४५ घार सेताम्मे देखिन्छन् । गत असारमा मात्रै उहाँले ४० गोलाघार १० हजारका दरले विक्रि गर्नुभयो । वार्षिक ५ लाखको कारोबार मौरी व्यवसायबाट मात्रै गर्दै आउनुभएका गुरुङलाई जागिरे जीवन त्यागेर मौरीपालनमा लागेको हुनै पछुतो छैन् । गुरुङले भन्नुभयो, ‘जागिरे जीवन छाडेर कुनै पछुतो छैन् । जे गरेँ ठिक गरेँ भन्ने लाग्छ ।
अहिले अर्जुनचौपारी गाउँपालिकाभरी मौरीपालक व्यवसायीहरु विस्तार हुनुभएको छ ।’ कृषि ज्ञान केन्द्रबाट साढे ३ लाख र पालिकाबाट समेत अनुदान प्राप्त गर्नुभएका गुरुङलाई उक्त अनुदानले व्यवसायमा लाग्न झनै प्रेरणा मिलेको छ । मह भन्दा गोलाघारलाई नै प्राथामिकता दिनुभएका गुरुङले कृषकहरुलाई आवश्यक आधारभूत ज्ञान समेत दिँदै आउनुभएको छ । उत्पादित मह पोखरा काठमाडौ सहित तराईका जिल्लाहरुमा समेत पुग्ने गरेको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “महको माग अत्याधिक धेरै छ । माग अनुसार परिपुर्ती गर्न सकिएको छैन् ।” मौरी पालनका लागि अन्य व्यवसायमा जस्तो धेरै मेहेनत गर्न नपर्ने भएपछि गुरुङको आर्कषण यसतर्फ बढेको हो । मौरीको रेखदेख र व्यवस्थापनमा मात्रै ध्यान दिन सकियो भने मौरीले राम्रो उत्पादन दिने उहाँको अनुभव छ ।
मौरीका लागि गंगाले टस्ट समेत निर्माण गर्नुभएको छ । मौरीपालन दिर्घकालिन होस भन्ने हेतुले उहाँका घरवरिपरि मौरीघारका लागि टस्ट निर्माण गरिएको छ । युवाहरुलाई सम्बन्धीत निकायले समेत आवश्यक प्रोत्साहन गर्न सके विदेशीने युवाहरुको सख्या कम हुने गुरुङ बताउनुहुन्छ ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार






















