जागिरे जीवन छाडेर उद्यमशीलतामा


कला राना
वालिङ,२७ असार– अर्जुनचौपारीका एक युवाले जागिरे जीवन छाडेर उद्यमशीलतामा लाग्नुभएको छ । अर्जुनचौपारी गाउँपालिका २ लामडाँडाका युवा गंगा गुरुङले ४ वर्ष शिक्षक र ५ वर्ष प्राविधिक सहयाकको रुपमा काम गरे पनि आफैले केहि गर्नुपर्छ भन्ने सोचका साथ जागिरे जीवन लाई बिट मार्दै व्यवासयिक मौरी पालनमा लाग्नुभएको हो ।

विगत ५ वर्षदेखि गुरुङ व्यवसायिक मौरीपालनमा व्यस्त हुनुहुन्छ । ९ वर्ष जागिरे जीवनको अनुभुत गर्नुभएका गुरुङलाई मौरीपालनमा लाग्न भने आफनै सहपाठीले प्रेरित गर्नुभएको हो । भीरकोटमा लामो समयदेखि मौरीपालन गर्दै आउनुभएका रत्न गुरुङको घरमा आउजाउ गर्ने क्रममा उहाँलाई पनि मौरीपालनमा व्यावसायमा लाग्न प्रेरित गरेको हो । गुरुङले भन्नु्भयो, ‘विगतको समयमा त गाउँमा मौरी पालेर के हुन्छ र भन्ने थियो तर अहिले विस्तारै मानिसमा चेतनाको विकास भएको छ । मौरी पालनबाट पनि राम्रो आम्दानी गर्न सकिँदो रहेछ भन्ने बुझेका छन् ।’

जागरि भन्दा सानो भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने लागेर उहाँले गाउँमा पसल समेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पसलसंगै मौरीलाई समेत प्राथामिकतामा राख्नुभएको छ । शुरुमा ११ घारमा सुरु गर्नुभएका गुरुङको घरवरिपरि अहिले ४५ घार सेताम्मे देखिन्छन् । गत असारमा मात्रै उहाँले ४० गोलाघार १० हजारका दरले विक्रि गर्नुभयो । वार्षिक ५ लाखको कारोबार मौरी व्यवसायबाट मात्रै गर्दै आउनुभएका गुरुङलाई जागिरे जीवन त्यागेर मौरीपालनमा लागेको हुनै पछुतो छैन् । गुरुङले भन्नुभयो, ‘जागिरे जीवन छाडेर कुनै पछुतो छैन् । जे गरेँ ठिक गरेँ भन्ने लाग्छ ।

अहिले अर्जुनचौपारी गाउँपालिकाभरी मौरीपालक व्यवसायीहरु विस्तार हुनुभएको छ ।’ कृषि ज्ञान केन्द्रबाट साढे ३ लाख र पालिकाबाट समेत अनुदान प्राप्त गर्नुभएका गुरुङलाई उक्त अनुदानले व्यवसायमा लाग्न झनै प्रेरणा मिलेको छ । मह भन्दा गोलाघारलाई नै प्राथामिकता दिनुभएका गुरुङले कृषकहरुलाई आवश्यक आधारभूत ज्ञान समेत दिँदै आउनुभएको छ । उत्पादित मह पोखरा काठमाडौ सहित तराईका जिल्लाहरुमा समेत पुग्ने गरेको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “महको माग अत्याधिक धेरै छ । माग अनुसार परिपुर्ती गर्न सकिएको छैन् ।” मौरी पालनका लागि अन्य व्यवसायमा जस्तो धेरै मेहेनत गर्न नपर्ने भएपछि गुरुङको आर्कषण यसतर्फ बढेको हो । मौरीको रेखदेख र व्यवस्थापनमा मात्रै ध्यान दिन सकियो भने मौरीले राम्रो उत्पादन दिने उहाँको अनुभव छ ।

मौरीका लागि गंगाले टस्ट समेत निर्माण गर्नुभएको छ । मौरीपालन दिर्घकालिन होस भन्ने हेतुले उहाँका घरवरिपरि मौरीघारका लागि टस्ट निर्माण गरिएको छ । युवाहरुलाई सम्बन्धीत निकायले समेत आवश्यक प्रोत्साहन गर्न सके विदेशीने युवाहरुको सख्या कम हुने गुरुङ बताउनुहुन्छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal