चापाकोट नगरपालिकाद्वारा एउटै होटेलमा ५८ लाखको बिल भुक्तानी

स्याङ्जा,२६ असार– चापाकाेट नगरपालिकाले एउटै होटेललाई झण्डै ५८ लाख खर्च भुक्तानी गरेको पाइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ को वैशाख २२ सम्म होटेल कालीगण्डकी एण्ड लजलाई मात्रै ५७ लाख ३० हजार ८३६ रुपैयाँ खर्च भुक्तानी गरेको हो । 

आर्थिक वर्ष २०७४÷७५ मा १४ लाख ४६ हजार ६३०, २०७५÷७६ मा ११ लाख २२ हजार ५६०, २०७६÷७७ मा १३ लाख ४२ हजार ९५८, २०७७÷७८ मा ९ लाख ४४ हजार ४२ र २०७८÷७९ को वैशाख २२ गतेसम्म ८ लाख ७४ हजार ६४६ भुक्तानी गरेको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माले बताउनुभयो ।

नगरपालिकाले सबैभन्दा बढी आर्थिक वर्ष २०७४÷७५ मा १४ लाख ४६ हजार ६३० र सबैभन्दा कम २०७८÷७९ को मा ८ लाख ७४ हजार ६४६ रुपैयाँ खर्च भुक्तानी गरेको पाइएको हो ।

नगरपालिकाले होटेल कालीगण्डकी एण्ड लजलाई विविध शीर्षक अन्र्तगत खाजा, खाना खर्च र अतिथि सत्कार खर्च वापत उक्त रकम बुझाएको हो । स्रोतः कालीगण्डकी खबर

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal