चापाकोट नगरपालिकाद्वारा एउटै होटेलमा ५८ लाखको बिल भुक्तानी

स्याङ्जा,२६ असार– चापाकाेट नगरपालिकाले एउटै होटेललाई झण्डै ५८ लाख खर्च भुक्तानी गरेको पाइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ को वैशाख २२ सम्म होटेल कालीगण्डकी एण्ड लजलाई मात्रै ५७ लाख ३० हजार ८३६ रुपैयाँ खर्च भुक्तानी गरेको हो । 

आर्थिक वर्ष २०७४÷७५ मा १४ लाख ४६ हजार ६३०, २०७५÷७६ मा ११ लाख २२ हजार ५६०, २०७६÷७७ मा १३ लाख ४२ हजार ९५८, २०७७÷७८ मा ९ लाख ४४ हजार ४२ र २०७८÷७९ को वैशाख २२ गतेसम्म ८ लाख ७४ हजार ६४६ भुक्तानी गरेको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माले बताउनुभयो ।

नगरपालिकाले सबैभन्दा बढी आर्थिक वर्ष २०७४÷७५ मा १४ लाख ४६ हजार ६३० र सबैभन्दा कम २०७८÷७९ को मा ८ लाख ७४ हजार ६४६ रुपैयाँ खर्च भुक्तानी गरेको पाइएको हो ।

नगरपालिकाले होटेल कालीगण्डकी एण्ड लजलाई विविध शीर्षक अन्र्तगत खाजा, खाना खर्च र अतिथि सत्कार खर्च वापत उक्त रकम बुझाएको हो । स्रोतः कालीगण्डकी खबर

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal