कृषिमा विविधिकरण नगरे कृषि उत्पादनमा परनिर्भरता बढ्दै जान्छ : नगरप्रमुख खाँण
मणि प्रसाद अर्याल
वालिङ,१५ असार- वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले कृषिमा आधुनिकीकरण तथा विविधिकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।१९ औँ राष्ट्रिय धान दिवसको अवसरमा वालिङमा आयोजित धान रोपाईँ कार्यक्रममा नगरप्रमुख खाँणले कृषि उत्पादनमा आधुकीकिरण गर्न आवश्यक रहेको बताउनुभएको हो ।
कृषि प्रधान देश भएपनि कृषि उपजमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो–‘नेपाल कृषि प्रधान देश हो,तर हामीले प्रयोग गर्ने कृषिका हरेक उपजहरु बाहिर(भारत)बाट आयात गर्नुपरेको छ । हामी आफ्नै उत्पादनमा निर्भर हुने गरी उत्पादन गर्नतर्फ कदम चाल्नुपर्छ ।’
नगर प्रमुख खाँणले असार १५ ले कृषकहरुमा नयाँ उर्जा थप्ने भएकाले यस दिन जस्तै अन्य दिनहरुमा पनि उर्जाशील भएर कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । पछिल्लो तथ्याँङ्क अनुसार नेपालको अर्थतन्त्रको २७ प्रतिशत हिस्सा कृषि उत्पादनले धान्ने देखिएपनि यस आँकडालाई अझ माथि उकास्नको लागि कृषि उत्पादनमा बढावा दिन तीनै तहका सरकारको ध्यान जान आवश्यक रहेको खाँणको भनाई छ ।
उहाँले कृषि क्षेत्रमा युवावर्गलाई आकर्षण गर्न नसक्नु, सिँचाईको पूर्ण प्रबन्ध नहुनु, कृषिमा आधुनीकिकरण नहुनु लगायतका समस्याले धान तथा कृषि उत्पादन बढि हुन नसकेको बताउनुभयो ।स्याङ्जामा वालिङ क्षेत्र धान उत्पादनको लागि पकेट क्षेत्रको रुपमा रहे पनि सोँचेअनुसारको उत्पादन हुन नसकेको खाँणको स्वीकारोक्ति छ । उत्पादन वृद्धि गर्न नगरपालिकाले उन्नतजातका बीउ अनुदान,सिँचाईको प्रबन्ध,उत्पादित फसलको बजारीकरण लगायतलाई व्यवस्थित गर्न कार्ययोजना बनाएको जानकारी दिनुभयो ।
कृषि एम्बुलेन्स,सङ्कलन केन्द्र लगायतको स्थापनाले कृषकवर्गलाई टेवा पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।
‘धान बालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’भन्ने मूल नारासहित आयोजित रोपाईँ महोत्सवमा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले ‘अन्नहरुको राजा’ धानको उत्पादन घट्दै जानु दुखद विषय रहेको उल्लेख गर्नुभयो ।उहाँले गुणस्तरीय बीउको प्रयोग,आधुनिक खेती प्रणाली लगायतका माध्यमबाट उत्पादन वृद्धि गर्न सकिने सुझाव व्यक्त गर्नुभयो ।कृषि विकास श्रोत केन्द्र,वालिङले आयोजना गरेको कार्यक्रममा कृषि ज्ञान केन्द,प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना,वालिङ नगरपालिकाको कार्यालय तथा युएनडीपी र दियालो संस्था वालिङले साझेदारी रहेको थियो ।
यसैबीच स्वाभिमान कृषक आइपीएम महिला समुह,वालिङ १३ पाठखोलाले पनि धान दिवस कार्यक्रम मनाएको छ ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















