शक्तिको सबैभन्दा ठूलो श्रोत मानवश्रोतः नगरप्रमुख खाँण
शक्तिको सबैभन्दा ठूलो श्रोत मानवश्रोतः नगरप्रमुख खाँण
वालिङ,१४ असार– वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले शक्तिको सबैभन्दा ठूलो श्रोत मानव श्रोत भएको बताउनुभएको छ ।
मङ्गलबार ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता पुनर्ताजगी कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख खाँणले पशुको स्वास्थ्य मानव स्वास्थ्यसँग जोडिएको बताउनुभएको हो । मानव स्वास्थ्य सबल हुन पशुको स्वास्थ्य पनि सबल हुनुपर्ने खाँणको भनाइ रहेको थियो । उँहाले अमूक प्राणीको समस्या बुझेर तिनीहरुको स्वास्थ्योपचार गर्ने कार्य जटिल भएकोेले पशुप्राविधिकहरुले पूण्यको काम गरेको बताउनुभयो ।
नगरप्रमुख खाँणले भन्नुभयो, “अहिले विश्वका धेरै मानवसमुदायले पशुजन्य उत्पादनबाट लाभ लिइरहेकोले आर्थिक वृद्धिको लागि पशु स्याहार पनि महत्वपूर्ण भएको छ ।” त्यसैले यसको स्वास्थ्यमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । नगरप्रमुख खाँणले किसानहरुका समस्या बुझेर गुणस्तरीय सेवा प्रदान गर्न पशुस्वास्थ्य कार्यकर्ताहरुलाई आग्रह गर्दै तालिममा सिकेका कुराहरुलाई प्रभावकारी ढङ्गले उपयोग गर्न आग्रह गर्नुभयो ।
वालिङको समृद्धिको लागि किसानहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै पशुपालक किसानहरुलाई चाहिने सम्पूर्ण सेवाहरु उपलब्ध गराउन नगरपालिका तत्पर रहेको नगरप्रमुख खाँणको भनाइ थियो ।
तालिमका सहभागीहरुले बेला बेलामा तालिम तथा गोष्ठीहरुको आयोजना गरी नयाँ सीप तथा ज्ञानहरुको साटासाट गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । वालिङ नगरपालिकाको पशु स्वास्थ्य शाखाको आयोजनामा असार १२ देखि ३ दिनसम्म चलेको तालिममा नगरपालिकाभित्रका २३ जना पशु स्वास्थ्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार























