वैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सबैले पहल गर्नुपर्छ ः नगरप्रमुख भट्टराई
गल्याङ,१४ असार– गल्याङमा सुरक्षित आप्रवासन परियोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको (सामी) परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले बाध्यता बनेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले बेरोजगारीको चरम समस्या रहेको देशमा रोजगारीको अभावका कारण वैदेशिक रोजगारी विकल्प बनेको बताउनुभयो । नगरप्रमुख भट्टराईले भन्नुभयो, ‘अहिले नेपाली श्रम बजारमा वर्षेनी साढे चार लाख नयाँ श्रम शक्ति आउने गरेको तथ्याङ्क छ । यस मध्ये वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षामा सबैले उत्तिकै ध्यान दिनुपर्नेछ ।’ उहाँले कामको जानकारी विना वैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्नुपरेको भन्दै यसका लागि नगरपालिका भित्र सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख भट्टराईले नयाँ श्रम शक्तिलाई अवसरको रुपमा राज्यले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले सुरक्षित वैदेशिक रोजगारीका लागि नगरभरी नै अभियान सञ्चालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकामा रोजगारीको अवसरका लागि विभिन्न कार्यक्रमहरु ल्याउने तयारीमा रहेको भन्दै उहाँले बाध्यतावस वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
स्विस सरकारसँगको सहकार्यमा सञ्चालन भैरहेको सामी परियोजना स्याङ्जा सहित ३९ जिल्लामा लागू भएको परियोजनाका क्षेत्रीय संयोजक भागिराम थारुले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नेपालबाट कानुनी बाटो प्रयोग गरेका मात्रै ५६ लाख भन्दा बढि वैदेशिक रोजगारीमा रहेका छन् । स्याङ्जाबाट यस वर्ष छ हजार चार सय ५९ जना वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ ।
कार्यक्रम संयोजक एक ना्रायण सापकोटाले गल्याङ नगरपालिका सहित जिल्लामा सुरक्षित वैदेशिक रोजगारीका लागि संस्थाले काम गरिरहेको बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























