राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि चन्द्रागिरीलाई
आनन्द पोखरेल
भरतपुर,१४ असार– चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ मा काठमाडौँको चन्द्रागिरी नगरपालिका पहिलो भएको छ । छ स्वर्ण, एक रजत तथा तीन कास्य सहित जम्मा १० पदकसहित चन्द्रागिरी नगरपालिका पहिलो भएको हो । त्यसैगरी, प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै २३ पदकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत तथा दुई कास्य गरी जम्मा आठ पदक प्राप्त गरेको थियो । प्रतियोगितामा टिम पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने पालिकालाई ट्राफी प्रदान गरिएको थियो भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडीको रुपमा पर्वतको पैयुँ गाउँपालिकाकी खेलाडी प्रतिका थापा तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीकोरुपमा काठमाडौँको चन्द्रागिरी नगरपालिकाका खेलाडी सुजल कार्की घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा भएको श्रेष्ठले बताउनुभयो । पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शनी रहेको थियो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले मेयर कप प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउन सकेको अवस्थामा उनीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै उनीहरु अनुशासित हुनेसमेत खनालको भनाइ थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















