आँधीखोला गाउँपालिकाद्वारा ७१ करोड १८ लाखको बजेट सार्वजनीक

स्याङ्जा,११ असार– आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ७१ करोड १८ लाखको बजेट सार्वजनीक गरेको छ । गाउँपालिका उपाध्यक्ष सीता थापाले शुक्रबार ११ औं गाउँ सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्षको नगद मौज्दात ११ करोड ५१ लाख, आन्तरिक आयतर्फ कर, दस्तुर, सेवा शुल्क, महसुल, राजश्व वाँडफाँड समेत गरी ८२ लाख, नगद सहभागितामा पुँजीगत तर्फ ५० लाख तथा चालू कार्यक्रमको कृषि अनुदान र अन्य कार्यक्रमको लागि ३० लाख गरी कूल ८० लाख हुने अनुमान गरिएको छ । त्यस्तै संघीय सरकार बाट वित्तीय समानीकरण अनुदान बापत ९ करोड ३२ लाख, संघीय सरकारको राजस्व बाँडफाडबाट ६ करोड ९९ लाख ४८ हजार, सशर्त अनुदान चालू तर्फ १९ करोड २७ लाख, संघीय सरकार समपूरक अनुदान १ करोड ५० लाख, संघीय सरकार विशेष अनुदान २ करोड ५० लाख, सशर्त अनुदान पूँजीगत तर्फ २ करोड ७७ लाख, गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ८७ लाख, गण्डकी प्रदेश सरकारको राजस्व बाँडफाँट ४० लाख, प्रदेश समपूरक अनुदानबाट ६० लाख, प्रदेश सरकार विशेष अनुदान ४० लाख, सडक बोर्ड २५ लाख गरी कुल ५८ करोड र जेष्ठ नागरिक, एकल महिला, विधवा, बालपोषण र अपाङ्ग भत्ता समेतको सामाजिक सुरक्षा भत्ता वितरणका लागि १३ करोड १८ लाख गरी कूल बजेट ७१ करोड १८ लाख हुने अनुमान गरिएको गाउँपालिकाका सूचना अधिकृत रोशोन लामिछानेले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष विश्व पौडेलले पालिकाले सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रमका साथै जनमुखि र दिर्घकालिन रुपमा पालिकाको विकास र आत्म निर्भर बनाउने गरि बजेट ल्याइएको बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal