आँधीखोला गाउँपालिकाद्वारा ७१ करोड १८ लाखको बजेट सार्वजनीक

स्याङ्जा,११ असार– आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ७१ करोड १८ लाखको बजेट सार्वजनीक गरेको छ । गाउँपालिका उपाध्यक्ष सीता थापाले शुक्रबार ११ औं गाउँ सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्षको नगद मौज्दात ११ करोड ५१ लाख, आन्तरिक आयतर्फ कर, दस्तुर, सेवा शुल्क, महसुल, राजश्व वाँडफाँड समेत गरी ८२ लाख, नगद सहभागितामा पुँजीगत तर्फ ५० लाख तथा चालू कार्यक्रमको कृषि अनुदान र अन्य कार्यक्रमको लागि ३० लाख गरी कूल ८० लाख हुने अनुमान गरिएको छ । त्यस्तै संघीय सरकार बाट वित्तीय समानीकरण अनुदान बापत ९ करोड ३२ लाख, संघीय सरकारको राजस्व बाँडफाडबाट ६ करोड ९९ लाख ४८ हजार, सशर्त अनुदान चालू तर्फ १९ करोड २७ लाख, संघीय सरकार समपूरक अनुदान १ करोड ५० लाख, संघीय सरकार विशेष अनुदान २ करोड ५० लाख, सशर्त अनुदान पूँजीगत तर्फ २ करोड ७७ लाख, गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ८७ लाख, गण्डकी प्रदेश सरकारको राजस्व बाँडफाँट ४० लाख, प्रदेश समपूरक अनुदानबाट ६० लाख, प्रदेश सरकार विशेष अनुदान ४० लाख, सडक बोर्ड २५ लाख गरी कुल ५८ करोड र जेष्ठ नागरिक, एकल महिला, विधवा, बालपोषण र अपाङ्ग भत्ता समेतको सामाजिक सुरक्षा भत्ता वितरणका लागि १३ करोड १८ लाख गरी कूल बजेट ७१ करोड १८ लाख हुने अनुमान गरिएको गाउँपालिकाका सूचना अधिकृत रोशोन लामिछानेले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष विश्व पौडेलले पालिकाले सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रमका साथै जनमुखि र दिर्घकालिन रुपमा पालिकाको विकास र आत्म निर्भर बनाउने गरि बजेट ल्याइएको बताउनुभयो ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal