भीरकोट नगरपालिकाको बजेट ७५ करोड ४ लाख

वालिङ,१३ असार– भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ७५ करोड ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । विनियोजन गरिएको बजेट मध्ये चालु खर्चतर्फ ४३ करोड १७ लाख ४८ हजार र सशर्त अनुदानतर्फको चालु खर्च २४ करोड ८९ लाख र नगरपालिकातर्फको चालु खर्च १८ करोड २८ लाख ४८ हजार रहेको छ । त्यसैगरी कुल विनियोजनमध्ये पूँजीगत खर्चतर्फ १५ करोड ८६ लाख ८२ हजार र सामाजिक सुरक्षा खर्चतर्फ १६ करोड रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये गत वर्षको नगद मौज्दातबाट २ करोड ५० लाख, आन्तरिक राजस्वबाट ४ करोड, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० करोड ४५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ३ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख व्यहोरिनेछ । बजेटमा सडकको स्तरउन्नतीका साथै कालोपत्रे गर्ने कार्यलाई समेटिएको छ भने आँधीखोलाको किनारमा रहेको बस्ती तथा खेतियोग्य जमीनको संरक्षण गर्न तटबन्धन गर्ने कार्यलाई बजेटमा प्राथमिकताका साथ राखिएको छ ।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यद्वारा प्रस्तुते वार्षिक नीति तथा कार्यक्रममा दिगो सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुका साथै स्वास्थ्य संस्थामा कम्तीमा चार पटक गर्भ जाच गरेर सुत्केरी पश्चात तीन पटक स्वास्थ्य जाच गराउने सुत्केरी महिलालाई प्रसुती पोषण भत्ता उपलब्ध गराउने कुरा समेत बजेटमा उल्लेख गरिएको छ । समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असक्त र बृदबृद्धाहरुलाई बैंक संगको सहकार्य र समन्वयमा घर घरमा पुगेर वितरण गर्ने ब्यवस्था मिलाउने समेत उल्लेख गरिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal