वालिङ नगरपालिकाद्वारा ९१ करोड ८२ लाखको बजेट सार्वजनिक


मणी अर्याल
वालिङ,९असर– वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी (गैह्रेले) आज बजेट सार्वजनिक गर्नुभएको हो । उपप्रमुख गैह्रेले संघ,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो । आज (बिहीबार नगरसभामा प्रस्तुत गरिएको बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पुँजीगत तर्फ रहेको छ ।

बजेटको आयस्रोतको रुपमा आन्तरिक आय,गत वर्षको संघीय सरकारको राजस्व बाँडफाँड,समपुरक अनुदान,विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजस्व बाँडफाँड,समानीकरण अनुदान,समपुरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा ४ करोड ५१ लाख ७ हजार रहेको छ ।

विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसै गरी क्षेत्रगत रुपमा आर्थिक विकास,पुर्वाधार विकास,वडा स्तरीय विकास, वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण,सुत्केरी एम्बुलेन्स,स्वास्थ्य बीमाको पहँुच विस्तार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम ,शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती,प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको प्रयोग जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ । कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा संकलन केन्द्रको स्थापना,नश्ल सुधार तथा कृषि बीमा,स्थानीय कृषि उत्वादनको ब्रान्डिङ,प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

त्यसै गरी पर्यटन,भाषा,संस्कृति संरक्षणका कार्यक्रमहरु, युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९ ÷०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि,पुर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणका साथै नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने लगायतका उद्देश्यहरु राखेको छ ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal