वालिङ नगरपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

गोपाल जिटी

वालिङ,८सर– वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको हो । “उत्पादन, रोजगारी, र पूर्वाधार, वालिङको विकास र समृद्धिको आधार” भन्ने मूलनारासहित वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरुमा लगानी, जनशक्ति, पूर्वाधार विकास र रोजगारी, स्थानीय बजारीकरण र विपन्न वर्गलाई संरक्षण गरी आय आर्जनमा जोड्ने, सुशासनको अभिवृद्धि गर्दै सेवा प्रवाहलाई सेवामैत्री र जनमुखी बनाउने रहेको छ । यसैगरी शिथिल भएको स्थानीय अर्थतन्त्रको पुनरुत्थानका लागि पूर्वाधारमा लगानी, उत्पादन रोजगारी र वितरण गर्ने, वस्तीहरुको विकासको रणनीतिक योजना, कार्यक्रम, भूउपयोग तथा विकास गर्ने, शिक्षा स्वास्थ्य र जनजीविकाको उन्नयन र लगानी गर्ने र कृषि, पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवम् प्रवद्र्धन गर्नु आगामी वर्षको नीति तथा कार्यक्रमले प्राथमिकतामा पारेको छ ।

नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी तथा सीप विकासलाई प्राथमिकताकासाथ प्रस्तुत गरिएको छ । यसैगरी नगरप्रमुख कृष्ण खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताउनुभयो ।
जनाधारको अभिमत र सामाजिक तथा आर्थिक परिवर्तनलाई रुपान्तरणको खाकातिर लैजाने कार्यसोंच सहित आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्ताव गरेको नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो ।

नगरलाई समृद्ध बनाउन नगरवासीको आ आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण भूमिका रहने भन्दै नगर प्रमुख खाँडले नीति तथा कार्यक्रम सरकारी, गैरसरकारी, निजी, सहकारी लगायत विकासका सबै साझेदार वा पक्षधरको लागि मार्गचित्र भएको व्यक्त गर्नुभयो । नगरवासीबाट प्राप्त रचनात्मक सुझावलाई सधैं आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गर्दै केन्द्रीय, प्रादेशिक, क्षेत्रगत र स्थानीय योजनाबीच तादाम्यता कायम गरी नगरको सर्वाङ्गीण विकास र समृद्धिको स्पष्ट दृष्टिकोण सहितको दीर्घकालिन योजना निर्माणको पथमा रहेको व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाको विस्तार, नगरको जिम्मेवारी भन्ने नारा तय गरी सबै स्वास्थ्य संस्थाबाट राष्ट्रिय मापदण्ड बमोजिमका आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलव्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी शैक्षिक केन्द्रको सुधार, स्मार्ट नागरिककोे आधार बनाई शैक्षिक विकासलाई अगाडि बढाइने नगर प्रमुख खाँडले बताउनुभयो । कृषक र उद्यमी, वालिङका सारथी रहेको उल्लेख गर्दै कृषि उत्पादनमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी रोजगारी तथा सीप विकास, पर्यटन, उद्योग तथा श्रम, युवा तथा खेलकुद, सामाजिक विकास, खानेपानी, संस्कृति प्रवद्र्धन, पूर्वाधार विकास, सिंचाइ,भवन तथा सहरी विकास, सूचना प्रविधि तथा सञ्चार र वन वातावरण, भूमि तथा भूसंरक्षण, सरसफाइृ तथा विपद व्यवस्थापन, सामाजिक उत्तरदायित्व, मानव पूँजि विकास तथा संस्थागत क्षमता विकास, राजस्व परिचालन, सुशासन, युवा विकास सम्बन्धी नीतिहरु तथा स्माटीसिटी आइसिटी सम्बन्धी नीति लगायतका विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

साथै कार्यक्रममा उपप्रमुख कविता तिवारीले नगरपालिकाका गौरवका आयोजनाहरुलाई निरन्तरता दिने भन्दै हरेक नागरिकलाई समेटने गरी नीति कार्यक्रम बनाईएको बताउनुभयो । साथै नगरपालिकाले राजस्व वृद्धि गर्नका लागि आँधीखोला चेक डयाम्प तथा पर्यटकीय स्थलहरुलाई व्यवस्थित गरेर अगाडि बढने बताउनुभयो । क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको भन्दै स्मार्ट नगरपालिकाका सूचकहरुलाई पूरा गर्दै आगामी वर्षको लागि ८५ करोड ८२ लाख रुपैँयाको बजेट भित्र रहेर नीति तथा कार्यक्रम ल्याईएको उल्लेख गर्नुभयो ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal