२८ वर्ष पछि ६ किमि सडक कालोपत्र


दर्वेन्द्र देव खनाल
गल्याङ,२९ जेठ– जिल्लाको दक्षिणी भागको मुख्य सडकको रुपमा रहेको गल्याङ चापाकोट सडक खण्ड २८ वर्षपछि ६ किलो मिटर कालोपत्र भएको छ । निर्माण गरिएको लामो समय सम्म सो सडकको स्तर उन्नती हुन नसक्दा त्यस सडक भएर यात्रा गर्ने सर्वसाधारहरुले निकै सास्ती खेपदै आएका थिए ।
२०५० सालबाट ट्रयाक खोल्न शुरु गरिएको सो सडक ०५३ सालमा गल्याङदेखि चापाकोटसम्मको ट्रयाक निर्माण कार्य सम्पन्न भएको थियो । गण्डकीबेसीको किनारैकिनार भएर जाने यो सडकमा यात्रा गर्न अन्य सडकको तुलनामा कम जोखिम रहेको छ । सडकको अधिकाम्स भुभाग समथर रहेकोले पनि जोखिम कम रहेको हो । जोखिम कम भएपनि सडकको निर्माण कार्य पुरा नहुदा यात्रुहरुल्े भने पूर्णरुपमा सहजयात्रा गर्ने वातावरण अजै पनि बनिसकेको छैन । नदिको तट्बाट रमणीय फाटहरुलाई पारगर्दै दशौ बस्ति पसेर जाने भएकोले यो सडकको उपयोगिता धेरै भए पनि लामो समय सडक कालोपत्रे हुन नसक्दा यात्रुहरुले धेरै झन्झटिलो यात्रा गर्न बाध्य थिए भने यस क्षेत्रका किसानहरले उत्पादन गरेका वस्तुहरुले बजारको अभावमा उत्पादित वस्तुको विकृवितरणको लागि निकै सास्ती खेपदै आएका थिए ।

ढिलै भएपनि संघीय र प्रदेश सरकारबाट विनियोजित बजेटबाट २०७७ फागुनमा सम्झौता भै २०७९ भदौमा सप्पन्न हुनेगरि कान्तिपुर लामा जे भि कन्स्ट्रक्सनले झण्डै ६ किमिबाटो कालोपत्रे सुरु गरेको छ भने गल्याङदेखि जिमुहासम्मका बासिन्दाले केहि सहज यात्रा गर्न पाउने भएका छन ।
आगामी दिनमा क्रमिक रुपमा मनहरी हुदै बेलचौर आपचौर सम्पासदेखि चापाकोटसम्मको भाग कालोपत्रे भएमा यस क्षेत्रका स्थानीय बासिन्दाले सहज यात्रा गर्न पाउनुका साथै यस क्षेत्रमा उत्पादित भएका कृषि जन्य बस्तुहरुले सहज रुपमा बजार पाउनुका साथै गल्याङ बजारको आर्थिक क्रियाकलाप समेत बढ्नेमा देखिन्छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal