चापाकोट र रामपुरमा विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

फाइल तस्विर:
वालिङ,३० जेठ- विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेशन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।

स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिनुभयो ।

“यहाँका जनप्रतिनिधि स्याङ्जाको चापाकोट तथा पाल्पाको रामपुरमध्ये उपयुक्त हुने जुनसुकै स्थानमा विमानस्थल बनाउनका लागि पहल गरिदिन मन्त्रालयमा डेलिगेशन जानुभएको थियो”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि र प्राविधिकको टोलीले रामपुर र चापाकोटका सम्भावित स्थानको स्थलगत अवलोकन गरेका छौँ, प्राविधिक हिसाबले जुन उपयुक्त हुन्छ सोही रिपोर्ट मन्त्रालयमा पेश गर्ने र त्योसँगै आगामी प्रक्रिया सुरु हुने छ ।”

सम्भावित स्थानको आधारभूत तथ्याङ्क सङ्कलन गरिएको उहाँले बताउनुभयो । तीन वटा ठाउँमध्ये अहिले नै यही स्थान उपयुक्त छ भन्न नसकिने भएकाले यस पछाडि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो ।

“प्राविधिक दृष्टिले कुन स्थान उपयुक्त हुन्छ त्यो प्रतिवेदन आएपछि मात्रै अर्को चरणको काम सुरु हुनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीयस्तरबाट निर्माण कार्यका लागि राजी छौँ भनेर आएमा मन्त्रालयको सैद्धान्तिक सहमतिमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनका काम अगाडि बढ्नेछ ।”

स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेग र तनहुँको पश्चिमी भेगका नागरिकको सहजता र मागका आधारमा यहाँ पटकपटक विमानस्थल निर्माणको चर्चा हुँदै आइरहेको छ । रामपुर र चापाकोटका सम्भावित स्थानको अध्ययन अवलोकनका लागि प्राविधिकको टोली आएसँगै धेरै लामो समयदेखि यहाँका नागरिकले उठाएको मागलाई सम्बोधन हुने विश्वासमा स्थानीय छन् ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal