नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’
कास्की, २५ जेठ– गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताउनुभयो ।
नीति तथा कार्यक्रममा खेलबाट सामाजिक रुपान्तरण मान्यताबमोजिम गाउँ–गाउँसम्म खेलकुदको विस्तार गर्ने उल्लेख छ । प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेलमैदान तथा रङ्गशालाको आवश्यकतानुसार सार्वजनिक–निजी साझेदारी नमुना निर्माण तथा स्तरोन्नति गरिने उल्लेख छ ।
पोखरा रङ्गशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने गरी कार्यक्रम अघि बढाइने प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।
पोखरा रङ्गशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रममा जोड दिइएको छ ।
खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने सरकारको योजना छ ।
गण्डकीमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।रासस
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















