रित्तै छन् गोदाम
सुरेशकुमार यादव
काठमाडौँ, २५ जेठ– मकै, चैतै धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन ।
यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारतसँग गरिएको जीटुजी (सरकारदेखि सरकार)को माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी गर्नुभयो ।
रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयास गरे पनि विश्व बजारमा आएको मलको मूल्यको उतारचढावका कारण मल आपूर्तिमा असहजता भएको दाबी कृषि मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख छ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले एक लाख १७ हजार मेट्रिक टनका लागि ग्लोबल टेन्डर गरेका थिए तर विभिन्न आपूर्तिकर्ताले सम्झौताको समयावधिभित्र सो मल उपलब्ध नगराएकाले मल आपूर्तिमा अभाव सिर्जना भएको हो ।
ग्लोबल टेन्डर तथा भारतसँग गरिएको जीटुजीको माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी ।
मल अभावलाई कम गर्नका लागि सरकारले भारत सरकारसँग जीटुजी प्रक्रियाबाट आगामी पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने गरी सम्झौता गरेको छ । धान बालीको मौसममा मलको आपूर्तिलाई सहजता प्रदान गर्न यस चालू आर्थिक वर्षका लागि एक लाख ५० हजार मेट्रिक टन मल ल्याउने प्रयास भइरहेको प्रवक्ता सञ्जेल बताउनुभयो ।
मलको हाहाकार हुनुको कारणमा कृषि मन्त्रालयले कोरोना महामारी, अन्तर्राष्ट्रिय रूपमा रासायनिक मलको उत्पादनमा आएको ह्रास, रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र रूपमा वृद्धि, रुस–युक्रेन युद्धलाई लिइएको छ । गत आर्थिक वर्षको जेठ महिनामा औसतमा युरियाको मूल्य करिब ५५ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य करिब ८२ रुपियाँ प्रतिकेजी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब ९८ रुपियाँँ प्रतिकेजी र डीएपीको मूल्य करिब १५० रुपियाँ प्रतिकेजी रहेको छ ।
चालू आर्थिक वर्षको मल आपूर्तिको मुख्य मौसमको (माघ र फागुन)मा युरियाको मूल्य बढीमा १३९ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य बढीमा १६८ रुपियाँ प्रतिकेजीसम्म पुगेको थियो । हाल सरकारले रासायनिक मलको मूल्य प्रणालीअनुसार आयात बिन्दुमा युरियाको मूल्य १५ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य ४४ रुपियाँ प्रतिकेजी रहेको छ । गोरखापत्र
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार





















