जनप्रतिनिधी शासन गर्न होइन सेवा गर्नका लागि हो: नगर प्रमुख खाँण
गोपाल जिटी वालिङ,२० जेठ- वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जन प्रतिनिधीहरु शासन गर्नका लागि नभइ सेवा गर्नका लागि जनताले चुनेको बताउनु भएको छ । वालिङ हस्पिटल प्रा. लि.द्वारा शुक्रबार आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख खाँणले जन प्रतिनिधीहरु शासन गर्न नभएर, सेवाका लागि जनताले चुनेको बताउनु भएको हो । उहाँले जनताहरु मालिक र जनप्रतिनिधीहरुले सेवा गर्ने भरिया हौं भन्ने सोंच राख्नुपर्ने व्यक्त भनाइ ब्याक्त गर्नुभयाे । विचार, सोंच र व्यवहारमा स्वस्थ रहनका लागि हामीले आँफ्नो स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने प्रमुख खाँणले उल्लेख गर्नुभयो ।
नगरप्रमुख खाँणले भन्नुभयो “हामी जुनसुकै पार्टीबाट उम्मेदवारी दिएर चुनिएका भएपनि नगरवासीको साझा सेवक भएर काम गर्नुपर्छ । यसका साथै व्यक्तिगत जीवन र पार्टीभन्दा माथि उठेर सेवामा लाग्नुपर्छ, नवनिर्वाचित साथीहरुलाई सेवककारुपमा काम गर्न आग्रह गर्दछु ” ।
कार्यक्रममा गह्रौं प्राथमिक अस्पताल वालिङका प्रमुख डा. विनोद पौडेल, ९ नम्वर वडा अध्यक्ष अमृत श्रेष्ठ, ११ नं. वडा अध्यक्ष डण्डु पँगेनी लगायतले निजी लगानीमा हस्पिटल सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै थप सेवा विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएकाे थियाे।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख तथा उप प्रमुखसँगै १४ वटै वडाका अध्यक्षहरुलाई स्वागत, सम्मानका साथै बधाई ज्ञापन गरिएको थियो ।
२०७५ सालदेखि ३ करोडको लगानीमा सञ्चालनमा ल्याइएको वालिङ हस्पिटलमा ९७ जना शेयर सदस्य रहेका छन् ।
हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रम शेयर सदस्य हेमप्रसाद गैह्रेको स्वागत र प्रचार प्रसार संयोजक ताराप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार





















